०४,आईतबार २०८२
उदेस पाण्डे
बारा! ईलाका प्रहरी कार्यालय सिमराकि ईन्चार्ज प्रहरी नायब उपरीक्षक (डिएसपी) सुबद्रा वाइबाले बारामा भइरहेको जितपुर -सिमरा व्यापार तथा सांस्कृतिक महोत्सवमा कानुन विपरीत अर्थात प्रशासनले तोकेको समय भन्दा ढिलासम्म महोत्सव संचालन गरिरहेको ठाउँमा आफै गएर माईक खोसेर कार्यक्रम रोकेकी छिन्
बारा प्रशासनले बिहान १० बजे देखी बेलुका साँझ ६ बजेसम्मको लागि अनुमति दिएको थियो तर आयोजकले अटेरी गरी आफूखुसी ९ बजेसम्म टिकट बेचेपछि रातको समयमा शान्ति सुरक्षा तथा आम नागरिकको गुनासो लाई ख्याल गरी प्रहरिले रातिको महोत्सव बन्द गराएको छ।
ईलाका प्रहरी कार्यालय सिमराका जिम्मेवारीमा आए देखि डिएसपी सुभद्रा वाइबाले राम्रो कार्य गरिरहेका कुरा आम नागरिकले मधेश भ्युज डटकम संग बताए
मधेशको आठ वटा जिल्लाहरू मध्यको एउटा ईलाकामा मात्रै महिला डिएसपीले कमाण्ड गरिरहेकी छिन्
डिएसपी बाईबा कम बोल्ने,प्रहरी संगठनमा एक साहसी अब्बल कमाण्डरको रुपमा परिचित छिन्
ईलाका प्रहरी कार्यालय सिमराकि डिएसपी स्टेजमा आफै चढेर माईक खोसेको साहसी कार्यको अहिले नागरिक समाज तथा बौद्धिक वर्ग द्वारा ब्यापक प्रसंसा भइरहेको छ।

