१३ मंगलबार २०८२ श्रावण
उदेस पाण्डे
पर्सा! नेपाल प्रहरीको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा विरुद्ध उजुरी परेको खबर मधेश भ्युज डटकम लाई प्राप्त भएको छ ।
नेपाल प्रहरीको प्रशासन समुह तर्फका प्रहरी उपरीक्षक (एसपी) पदबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा अन्याय भएको भनेर बढुवा सिफारिस समिति माथि सिनियर प्रहरी उपरीक्षक (एसपी) बिमल बस्नेत द्वारा प्रहरी नियमावली को दफा ४२ बमोजिम बढुवा सिफारिस भएका प्रहरी उपरीक्षकहरुको बढुवा माथि उजुरी दिएका छन
बढुवा सिफारिस भएका अधिकृतहरु सबै भन्दा सिनियर हुँदा हुँदै पनि आफु भन्दा जुनियर अफिसर लाई बढुवा सिफारिस गरेको विरुद्धमा एसपी बिमल बस्नेतले उजुरी दिएका छन्
२०७७ सालमा डिएसपी बाट एसपीमा बढुवा भएका एसपी लाई एसएसपी बढुवा सिफारिस गरिएको छ तर २०७५ सालमा डिएसपी बाट एसपीमा बढुवा भएका एसपी बिमल बस्नेतलाई सिनियर हुँदा हुँदै पनि बढुवा नगरी बढुवा बाट वञ्चित गरिएको छ।
नेपाल प्रहरीको हरेक सरुवा बढुवा अहिले बिबादित हुँदै आएको छ। प्रहरीमा यस्तै प्रकारका घट्नाले गर्दा केही वर्ष अगाडि कति काबिल प्रहरीको अफिसर प्रहरी सेवा बाट राजीनामा बुझाएर जागिर छोडेका छन। बढुवामा अन्याय गरी बढुवा नपरेका कारण पुर्ब एसपी आभूषण तिमल्सिना, नरेन्द्र उप्रेती, पुर्ब डिआईजी रमेश खरेल, अदालत द्वारा आईजीपी बनाइएका नवराज सिलवाल, पुर्ब एसएसपी अनुराग कुमार द्विवेदीले,विगतका वर्षहरुमा राजीनामा बुझाएर हिँडेका उदाहरण छ। बढुवामा ढिलाइ भएको कारणले गर्दा एसएसपी सुशील यादव आत्म हत्या जस्तो बाटो अपनाए तैपनि अहिले सम्म प्रहरीको सरुवा, बढुवा सिफारिस निष्पक्ष हुन सकेको छैन।
प्रहरी उपरीक्षक बिमल बस्नेत पटक पटक बढुवामा बिभेदको सिकार भएका छन।
जागिरे जीवनमा एसपी बिमल बस्नेत जहाँ बसे राम्रो कार्य गरेका छन। प्रहरी निरीक्षक इन्स्पेक्टर हुँदा रङ्गेली मोरङ हुँदा उक्त क्षेत्रमा प्रहरीले नागरिक लाई महसुस हुनेगरी कार्य गरेका थिए। प्रहरी नायब उपरीक्षक डिएस्पी हुँदा ईलाका प्रहरी कार्यालय नवलपुर कावासति बस्दा उक्त क्षेत्रमा प्रहरीले शान्ति सुरक्षा प्रदान गरि विभागले चाहेको विभागीय उपलब्धि हासिल गरेको थियो।
दोस्रो पटक डिएस्पीकै जिम्मेवारीमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी बस्दा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी राम्रो संग निर्वाह गरी ट्राफिक व्यवस्थापन देखि सड्कमा डिभाइडर राख्नुको साथै ट्राफिक सचेतना कार्यक्रम गरी दुर्घट्ना हँदै सम्म काम गराउन सफल भएका थिए। उक्त समयमा दुई सय रुपैयाँ भन्दा बढी जुरबना काट्न पाइँदैन थियो।
पुर्ब पश्चिम नेपालको हरेक ठाउँमा चालक आम नागरिक जो यात्रामा हिड्ने गर्थे ट्राफिक प्रहरीको खुलेर प्रशंसा गरे।
एसपी बढुवा भए पश्चात जिल्ला प्रहरी कार्यालय गोरखा प्रमुख भएर बस्दा जिल्ला प्रहरी कार्यालय गोरखाको ईतिहासमा पहिलो पटक १० किलो सुन समातेर सम्बन्धित निकायमा बुझाए
सुन बरामद पछि नेपाल भरीको नागरिकले वाहवाही गरेका थिए आम नागरिक द्वारा प्रहरीको प्रसंसा समेत भएको थियो
पाँच वटा जिल्लाहरू चितवन, गोरखा, तनहुँ, उदयपुर, रूपन्देही जिल्लाहरूमा मोबाई चोर आफ्नो बाहुल्य बढाएका थिए। ति मध्य मुख्य चोरको नाईके देखि चोरीमा संलग्न रहेका सबै चोरलाई भारतको मोतिहारी प्रहरीद्वारा समन्वयन गरी पक्राउ गरी नेपाल ल्याई कानुन बमोजिम प्रहरीले मुदा चलाएको थियो।
अहिले तिनै एसपी बढुवाको अब्बल उमेद्वार थिए तर बढुवा सिफारिस हुँदा नाम बढुवा लिस्टमा नपरे पछि गृहमन्त्री तथा आइजिपी को आलोचना सुरु भएको छ।
नाम गोप्य राख्ने शर्तमा नेपाल प्रहरीको एक जना अधिकृतले बताए अनुसार अहिले बढुवा सिफारिस भएका प्राय कार्वाही भोगेका बिबादित पात्र बढुवामा सिफारिस भएका छन। कोई जनसेवा बस्दा जाँड खाएर प्रहरीको संचार सेट नै हराए पछि कार्वाही भोगेका छन कोई गौशाला बस्दा काण्ड लागेका कोई पुर्ब बस्दा ज्यान केस लागेका कोई Honey trap काण्ड कसैको माथि अख्तियारमा उजुरी प्रकाश रानाभाट जिल्ला प्रहरी कार्यालय धनुषा बस्दा लागुऔषध मुद्दामा कारबाही भोगेका छन
अहिलेको बढुवामा गृहमन्त्री र आइजी राम्रो प्रहरी अधिकृतको लागि अडान लिन नसक्दा काबिल दक्ष प्रहरी अधिकृत एसएसपी बढुवामा छुटेका छन्। प्रहरी उपरीक्षक दिलीप घिमिरे, एसपी सुरेश काफ्ले, एस्पी नकुल पोखरेल, एसपी सुबास बोहरा बढुवा बाट छुटेका राम्रो प्रहरी अधिकृत हुन।
अहिले बढुवा सिफारिस हुँदा सिनियर एसपी बिमल बस्नेत छुट्दा आइजिपी तथा गृहमन्त्रीको चौतर्फि आलोचना भइरहेको छ। प्रहरीको रेकर्ड अनुसार अहिले प्रहरीमा राजीनामा दिनेको संख्या धेरै छ। दिनप्रतिदिन प्रहरीमा सरुवा बढुवा विवाद शक्ति केन्द्र हावी राजनीतिक दलको दबदबा बढ्दै गएपछि अहिले प्रहरी संगठनबाट धैरै सख्यामा प्रहरी कर्मचारी निराश भएर घरायसी समस्या देखाएर राजीनामा बुझाएर बाहिर हिँडेका सख्या दिनप्रतिदिन बढिरहेको छ।
अहिले यो बढुवा सिफारिसको चौतर्फि आलोचना सुरु भएको छ गृहमन्त्रीको जिम्मेवारी रमेश लेखक आए पछि केही सुधारको अपेक्षा गरिएको थियो तर अहिले आएर उनले त्यसअनुरूप काम गर्न सकेका छैनन।
नाम गोप्य राख्ने शर्तमा एक जना गृहका कर्मचारीको भनाई अनुसार सुदुरपस्चिमको दबदबा प्रहरी सरुवा वढुवा काजमा देखिएको छ प्राय सिमा नाक संग जोडिएको ठाउँमा अहिले पश्चिमको प्रहरी कर्मचारी हाबि भएका छन्

