
सिरहा पोस्ट
६ पुस
गोलबजारमा अवरुद्ध पारिएको पूर्व–पश्चिम लोकमार्ग ६ बुँदे सहमती जाम खुलेको छ । सोमबार साँझ आन्दोलनकारी पक्ष र प्रशासनबीच भएको ६ बुँदे सहमति पछि आन्दोलनरत पक्षले अन्दोलन रोकेको छ। हत्यारालाई चाँडो भन्दा चाँडो पक्राउ गरी कारबाही गर्ने, मृतक परिवारलाई क्रियाकर्म वापत ५० हजार रुपैया गोलबजार नगरपालिकाले उपलब्ध गराउनुको साथै जिल्ला प्रशासन कार्यालय सिरहाले मृतक परिवारलाई ४ लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै लाशलाई पोष्टमार्टम पश्चात परिवारजनले दाह संस्कार गनर्,े घाइतेलाई निःशुल्क उपचार गराउने र अब उप्रान्त हुलहुज्जत तथा आन्दोलन नगरी अनुसन्धानमा सहयोग गर्ने भनी दुई पक्ष बीच सहमती भएपछि आन्दोलन स्थगन गरकोे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवाष बुढाथोकीले बताए । शनिबार साँझ गोलबजार नगरपालिका वार्ड नं ६ का २६ बर्षिय रामकुमार सदालाई नशालु पदार्थ सेवन गर्ने स्थानीय जड्याहा गजेडीहरुले छुरा प्रहार गरी हत्या गरेको छ भने १९ बर्षिय निकेश सदालाई सक्त घाइते बनाएको छ ।
आन्दोलनको दोस्रो दिन सोमवार आक्रोसित अन्दोलनलाई साम्य पार्न प्रहरीले व्यापक बल प्रयोग गरे पनि उल्लेख्य दलित आन्दोलनकारीहरुले प्रहरीलाई लखेट्दै ईलाका प्रहरी कार्यालय गोलबजार भित्र छिराएको थियो । आन्दोलनमा केही प्रहरी र आन्दोलनकारी समेत घाइते भएको छ । हत्यारालाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर, पिडित परिवारलाई छतिपूर्ति दे, घाइतेलाई निःशुल्क उपचार गर जस्ता माँग राखी स्थानीय मुसहर समुदाय आन्दोलित बनेकोे थियो । प्रहरी प्रशासन कै मिलोमतोमा हत्यारा उम्किन सफल भएको भन्दै आन्दोलनरत पक्ष प्रहरी प्रशासन माथि आक्रोशित भई आन्दोलनमा उत्रिनु परेको थियो ।