पावर थेग्न नसक्ने आइजी नियमित सरुवा रोकेर पाँच जना डिएस्पीको काज सरुवा

  |

आईतबार,१४ पुस २०८१
उदेश पाण्डे
पर्सा! प्रहरी प्रधान कार्यालय काठमाडौं नक्साल प्रशासन शाखाले पाँच जना नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएस्पी) को काज सरुवा निकालेको छ। नेपाल प्रहरीमा अहिले सिनियर अधिकृतहरुको सरुवाको समय अवधि पुगेका धैरै जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय प्रमुख रहेको इन्चार्जहरुको कार्यकाल पुराभइसकेको छ। तर नियमित सरुवा लाई रोकेर पावर सेन्टरको पावरमा काज सरुवा गरिएको छ।
नेपाल प्रहरीले खासमा काज सरुवा कुनै किसिमको जरुरी अर्थात फौजमा कुनै फते हाँसिल गर्नको लागि काज सरुवा निकालिने चलन रहेको छ।तर अहिले आफ्नो नजिकका तथा पावर सेन्टरको पावरमा थमाथम काज सरुवा निकालिँदै प्रहरी महानिरीक्षक बसंत बहादुर कुँवर
प्रहरी वृत लैनचौरमा (डिएस्पी)जागेश्वर भण्डारी लाई जिम्मेवारी दिइएको छ। त्यसैगरी प्रहरी बृत्त सिंहदरबारमा डिएस्पी बेद पौडेल, जिल्ला प्रहरी कार्यालय हुम्लामा डिएस्पी शंकर पोखरेल तथा ईलाका प्रहरी कार्यालय सिमरामा डिएस्पी शुभ्रद वाईबा लाई काज सरुवा गरिएको छ।
यसभन्दा पहिला पनि केही (डिएस्पी)को काज सरुवा गरिएको थियो टाइसैगरी जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहतका ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक लाई जिम्मेवारी बाट हटाइएको छ।