लोकप्रिय बन्दै सशस्त्र प्रहरी संगठन

  |

उदेश पाण्डेय
पर्सा, २७ चैत्र / सशस्त्र प्रहरी बल नेपाल संगठन प्रमुखको रूपमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बि.सं. २०७९ बैशाखमा कमान्ड सम्हालेपछि सशस्त्र प्रहरी बल नेपाल संगठनमा आमुल परिवर्तन आएको छ । हालका सशस्त्र प्रहरी महानिरीक्षक एक इमानदार, शान्त र शालिन शैलीको अधिकृतको रूपमा परिचित छन ।
हालका सशस्त्र प्रहरी महानिरीक्षक अर्याल २ नम्बर प्रदेशमा प्रमुखको रूपमा बस्दा सीमा नाकामा हुने गरेको तस्करी पुर्ण रूपमा रोकिएको थियो । अहिलेसम्म कुनै पनि सशस्त्र प्रहरीका डिआइजी २ नम्बर प्रदेशमा त्यति कर्तव्य निष्ट भएर काम नगरेको देखिन्छ । सशस्त्र प्रहरी बल नेपाल संगठनमा कुनै किसिमको घुमुवा परिचालन नगरी सादा पोशाकमा खटिने घुमुवाहरुलाई लगाम लगाउन सफल भएका थिए ।
बिभिन्न शक्तिलाई प्रयोग गर्दै घुमुवा बस्न पल्केका घुमुवाहरुलाई अहिले मधेस प्रदेशबाटै डाडा कटाएर संगठनमा इतिहास नै रचेका छन । संगठन प्रमुख इमान्दार नैतिकवान हुदा यसको फाइदा स्वरुप सशस्त्र प्रहरी बलका कर्मचारीहरुको मनोबल मात्र उच्च भएको छैन, संगठनलाई नै स्वच्छ र असल छबि भएको संगठनको रुपमा रुपान्तरण हुन पुगेको छ ।
सशस्त्र प्रहरी बल नेपाल संगठन अन्तर्गत मुलुक भरी २०८ वटा बोर्डर आउट पोष्ट स्थापना गरिएको छ । जसमध्ये मधेस प्रदेशमा ७२ वटा बोर्डर आउट पोष्ट रहेको छ । तस्करी गर्ने संजाल तोड्नको निम्ति सशस्त्र प्रहरी महानिरीक्षकले अभियान नै चलाएको देखिन्छ । प्रत्येक ६ महिनामा बोर्डर आउट पोष्ट कमाण्डरलाई परिवर्तन गर्ने नीति नै लागु भएको छ । जसका कारण अधिकृतहरुमा पेशा प्रति वफादारी तथा मनोबल बढनुको साथै सीमाबाट हुने अवैध कृयाकलापमा कमि आएको स्पष्ट देखिन्छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कडा निर्देशन र नीति परिवर्तन गर्नसाथ सीमाबाट हुने गरेको तस्करीमा समेत लगाम लागेको देखिन्छ भने तस्करी गर्ने समुहहरु दिनप्रति बिस्थापित हुदै गएका छन । जसका कारण मधेस प्रदेशको भन्सारहरुमा लक्ष्य भन्दा बढी राजस्व उठ्ने सम्भावना देखिन्छ । अहिले सशस्त्र प्रहरी बल संगठन जनमानसको नजरमा उदाहरणीय बनेको छ ।