
२३ अषाढ २०८२ सोमबार
उदेस पाण्डे
पर्सा! वीरगञ्जा हिजो मुस्लिम समुदाय द्वारा निकालिएको महरम पर्बमा सशस्त्र प्रहरीको अब्बल कमाण्डरको बोल्ड कमाण्डले गर्दा ठुलो जनधनको क्षतिहुन बाट जोगिएको छ।
हिजो मुस्लिम समुदाय द्वारा निकालिएको महरम अर्थात दाहाको रयाली वीरगञ्जको छपकैया बाट निस्केको थियो उक्त रयाली आदर्शनगर चौक हुँदैअगाडि बढ्ने क्रममा सुरक्षामा खटिएका सुरक्षकर्मी रोक्न खोज्दा गैह्रजिम्मेवारी ढंगले गाडी नरोकी पेलेर रंगशाला तर्फ बढ्दै गर्दा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल फौजी पारामा कमान्डरले फिल्डमा आफ्नो सो बिबेक तथा भीडको मूल्यांकन गरी बल प्रयोग गर्ने/ नगर्ने हुन्छ
एसपी धिमाल फिल्मको हिरो जस्तै अनियन्त्रित पिकअप रोकेर उक्त गाडी तुरुन्तै नियन्त्रणमा लिएर सम्बन्धित निकाय लाई दिई फिल्डमा आफै खटेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) धिमाल हिजो मोहरम भिड नियन्त्रण गरेर चौतर्फी रूपमा प्रशंसाका पात्र बनेका छन्
हिजो मुस्लिम समुदाय द्वारा निकालिएको ताजियामा नेपाल प्रहरीको तर्फ बाट ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सशस्त्र प्रहरीको तर्फबाट ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।
हिजो जब दुई नम्बर गलि बाट ढुंगा चल्यो त्यस बखत आम नागरिक एकदमै त्रसित बन्न पुगेका थिए भीडको रूप आवेगमा परिवर्तन हुन खोजेको थियो तर का। भिड नियन्त्रणमा अब्बल एस्पी फिल्डमा खटेर आफ्ना मातहत सिनियर तथा जूनियर कर्मचारी लाई मनोबल उच्च राखेर भीडको सामान्य सिद्धान्त प्रयोग गर भन्ने आदेश दिनुको साथै आफु समेत भिड नियन्त्रणमा कमाण्ड गरिरहेका थिए।
पर्साको सिंघम उपमा पाएका एसपी धिमाल जहाँ खटेका हुन्छन् त्यहाँ सुरक्षामा कुनै कसर बाँकी राख्दैनन्
केही महिना अगाडि हिन्दु मुस्लिम विवादमा समेत एसपी धिमाल जिल्ला प्रशासन कार्यालयमा सिंघम शैलीमा प्रस्तुत भएका थिए त्यस बखत आम नागरिक एकदमै मन पराएका थिए
सशस्त्र प्रहरी बल वास्तवमा थप बल हो भने कुरा हिजो मुस्लिम समुदाय द्वारा निकालिएको ताजिया अर्थात मोहरमको रयाली रङ्गशाला भित्र जान्न नदिएर वाहवाही कमाएका एसपी धिमाल लाई नागरिक समाज तथा उक्त नगर क्षेत्रमा बसोबास गर्ने सर्वसाधाणदेखि युवाहरु खुलेर प्रशंसा गरेका छन्
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल पर्सा जिल्लाको कमाण्ड सम्भाले देखि पर्सामा राम्रो कार्य गरेर इतिहास रचेका छन्। प्राय लो प्रोफाइलमा बस्ने काम गर्ने मिडियाबाजी नगर्ने मनसायका साथ अघिबढेका एसपी धिमाल पर्सामा आफ्नो कार्यकाल सफलतापूर्वक बिताएका छन्
हिजोको मोहरममा ना ४ च ८८३४ नं को पिकअप नियन्त्रणमा नलिएको भए ठुलो क्षति हुने थियो सही समयमा कमाण्डरले लिइएको सही निर्णयले अहिले वीरगन्ज शान्त छ