२०८०/०७/१८ गते
उदेश पाण्डे
पर्सा। छिपहरमाइ गाउँपालिका वडा नम्बर १ मिर्जापुर स्थित श्री महादेव मा बि मिर्जापुर बिधालयमा शिक्षक अभावको कारण यहीँ कार्तिक १२ गते देखि अनिश्चितकालीन रुपमा बिधालय बन्दभएको थियो।उक्त बिधालयमा बन्द रहेको कक्षा ६ देखि १० सम्मको विद्यार्थीहरुको पठनपाठन सुचारु गर्न त्यस् वडाका वडा अध्यक्ष श्री कामेश्वर यादवले २० लाख बराबरको बजेट दिएर बिधालय संचालनमा लाउन पहल गर्नु भएको छ।मिर्जापुर मा बि लाई विभिन्न तवरले बिकाश गर्न लागेको वडा अध्यक्ष विभिन्न मिति र समय समयमा बिधालयमा सहयोग तथा अनुगमन समेत गर्ने गरेका थिए ।वडा अध्यक्ष गुणस्तरीय शिक्षाको लागि गर्नुपर्ने सबै सहयोग गर्न तदारुकता देखाउनु भएको छ।
श्री महादेव मा बि मिर्जापुर स्कुल यस् भन्दा पहिला पनि निम्नमाध्यमिक बाट प्राथमिक तहमा झारेको थियो।त्यतिबेला पनि आम नागरिक समाजसेवि,शिक्षा प्रेमीहरुको अगुवाइमा बिधालय लाई निम्नमाध्यमिक देखि माध्यमिक सम्ममा ल्याइएको थियो ।बिधालयको सहि ब्यस्थापक नभएको कारण बिधालयमा बारम्बार यस्तो समस्या आउने गरेको बुझिएको छ।हाम्रो मिडियाले उक्त गाउँको नागरिक सग बुझ्दा बिधालय संचालनमा ल्याउन सबैको इच्छा छ।
तर गाउकै केहि मानिस तथा राजनीतिक ब्यक्ति
यो बिधालय लाई जसरी भएपनि झार्न लागिपरेका बताउछन् ।
हामीले बिधालयमा अध्यनरत विद्यार्थीहरु सग बुझ्दा विद्यार्थी धेरै निराश भएको प्रतिक्रिया पाएका थियो ।आखिर किन हुन्छ महादेव मा बि मा बारम्बार प्रहार किन परिवर्तन गरिदैन उक्त गापामा प्र अ तथा शिक्षकहरुको सरुवा कुनै पनि बिधालयमा गुणस्तरीय शिक्षा लाउनको लागि दक्ष शिक्षक,जिम्मेवार प्र अ तथा जागरुक अभिभावक चाहिन्छ ।तर मधेसमा बिधालय माथि चरम राजनीति तथा आफ्नो मानिस शिक्षक भर्तीको कारण स्थानीय तहमा शिक्षा कम्जोर हुदै गरेको छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy