पर्सा बिरगंज २०८०/०१/०६ गते
प्रहरी वरिष्ठ उपरीक्षक अनुराग दुबेदी नेपाल प्रहरी भित्र एक काबिल कर्तव्य निष्ठ प्रहरी अधिकृतको रूपमा चिनिनुहुन्छ।प्रहरी वरिष्ठ उपरीक्षक अनुराग दुबेदी हिमाल पहाड तराई सबै चुनौतीपूर्ण ठाउँहरुमा काम गरेर आफुलाइ अबल छु भने कुरा सगठनमा प्रमाणित गरिसकेका छ्न ।तर वहा लाई डि आ जि बढुवामा छुटाइएको छ।दुबेदी लाई बारम्बार बिभेद्को सिकार बनाइएको छ।प्र ब उ अनुराग दुबेदी २०५२ सालमा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गर्दा तत्कालीन समयमा वाहा पहिलो अधिकृत हो ताराइको ।प्रहरी निरीक्षक बाट प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुदा दुबेदी आफ्नो बढुवा सूचीको दोस्रो रोल क्रममा थिए।तर पछि प्र ना उ बाट प्रहरी उपरीक्षकको बढुवा निकाल्दा २०७२ मा बढुवामा छुटयाइयो।पछि २०७३ सालमा बढुवा निकाल्दा प्र उ पदमा पहिलो नम्बरमा थिए ।फेरि २०७७ मा बढुवा निकाल्दा दुबेदी लाई बढुवा बाट आउट गरि।पुनः २०७८ सालमा प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गरियो।दुबेदी भन्दा जुनियर प्रहरी अधिकृत लाई बारम्बार माथी तानेर राखियो बारम्बार सीनियर हुदाहुदै पनि बढुवा बाट बन्चित गरियो।प्रहरी सगठन बाट यति पिडा पाउदा पनि प्रहरी वरिष्ठ उपरीक्षक अनुराग दुबेदी आफ्नो कर्तव्यमा लागी रहे ।२०७९ सालको चैत्रमा जब डि आइ जि बढुवा निकालियो त्यस्मा दुबेदी लाई छुटाइयो।प्रहरी भित्र धेरै सोझा जिम्मेवार कर्तव्य निष्ठ अधिकृत जो शक्ति केन्द्र धाउदैन त्यस्तो प्रहरी अधिकृतहरु सग अन्याय हुने गरेको छ।अहिले दुबेदी लाई पनि पीडित बनाइएको छ।केहि वर्ष पहिला यसतै विभेद सहन नसकेर एक जाना प्रहरी वरिष्ठ उपरीक्षक आत्म हत्या समेत गरेका थिए त्यति बेला प्रहरी खुब आलोचित बनेको थियो।अहिले प्रहरी भित्र धेरै ईमानदार प्रहरी अधिकृत तनावमा छ्न।यो बढुवा प्रक्रिया देखेर आखिर किन हुन्छ प्रहरीमा यस्तो चल खेल।यस् प्ररी सम्बन्धि निकाय जिम्मेवार हुनुपर्छ ।डि आइ जि बढुवा प्रती असन्तुष्टि जनाउदै दुई जाना प्रहरी वरिष्ठ उपरीक्षक लोक सेवा आयोगमा आफ्नो उजुरी दर्ता गराएको खबर समेत आएको छ
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy