आरति साह लाई न्याय कि एसपी ,डिएसपी सरुवा चाहिएको हो।

  |

२०८०/०५/०३ गते
उदेस पाण्डे
आरति साहको मृत्यु प्रकरणमा प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक ” डिआइजिपी” बिकाश खनालको कमान्डमा छानबिन समिति गठन गरेको छ।आरति साह पक्षको जाहेरी अनुसार २ जना पुर्पक्षका लागि जेलमा गइसकेको र यो घटना लाई जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी उपरीक्षक चासो लिएर अनुसन्धान गरिरहेका स्रोत बताउछ।प्रहरीका अनुसार सनाखतको लागि पीडितसनाखत गर्न नआएको।आरती साह मृत्यु प्रकरणमा न्याय कि सरुवा भने अहिले बहस चलेको छ।न्याय भनेको अग्रेजी justice कानुनी वा दार्शनिक सिधाान्त हो।जसको मद्दतले निस्पक्षताको पालना गर्ने गरिन्छ।सबै घटनामा यसैगरी प्रहरी सरुवा नै गरिदिने माग राखेर आन्दोलन हुन्थाले पछि कसरी अनुसन्धान हुने।प्रहरीले कुनै पनि घटनाको सुक्ष्म अनुसन्धान गर्न एउटा् निर्णयक मोडमा पुगन प्रहरी लाई अलि समय समेत लागने गर्छ।तर न्याय सग प्रहरी उपरीक्षकको सरुवा वा डिएसपीको सरुवा सग के अर्थ रहेको छ।गलती गर्ने प्रहरी लाई कार्वाही होस तर सरुवा नै गरि दबाव दिएर कुनै पनि केसको सफल अनुसन्धान हुन सक्दैन।आरति साहको केसमा पनि केहि राजनीतिक चल्खेसुरु भएको देखिएको छ।दाइजोको निहुमा आरती साहको मृत्यु भएको आरति साहको परिवारको भनाइ छ।यो घटनामा एक जना साह थर भएको बिरगंज जिल्ला प्रहरी कार्यालय बाट मुद्दा चलेको मान्छे खुब लागेको कुरा नाम नबताउने शर्तमा एक जनाले बताए।