प्रहरी सरुवा मापदण्ड संशोधन हुँदै अब छिट्टै सरुवा निकाल्दै

  |

२०८०/०४/२२ पर्सा
नेपाल प्रहरीमा सरुवा मापदण्ड संशोधन हुने भएको छ।प्रहरी प्रधान कार्यालयले नयाँ मापदण्ड बनाएर स्वीकृतिका लागि गृह मन्त्रालय पठाएको छ।
पुर्ब गृहमन्त्री रबि लामिछाने गृहमन्त्री हुँदा मापदण्ड बनाएर कार्वानयन गरिएको थियो।त्यो मापदण्डअनुसार सरुवा गर्न अहिले समस्या भएपछि संशोधन गर्न लागिएको हो।प्रहरीमा पटक पटक सरुवा मापदण्ड फेरिदै आएको छ।प्रहरीमा अहिले जुनियर प्रहरी अधिकृत देखि सीनियर प्रहरी अधिकृत सम्मको सरुवा रोकिएको छ।नयाँ मापदण्ड बनाएर एसपि,डिसपी र प्रहरी निरीक्षकको सरुवा गर्न लागिएको कुरा केन्द्रिय प्रहरी प्रवक्ता जानकारी गराए
के के छ मापदण्डमा भन्ने प्रश्नमा वहाँको उतर थियो आए पछि भन्न मिल्छ अहिले मिल्दैन।अब सरुवा छिट्टै निस्कन्छ।प्रहरी अधिकृत दर्जा भन्दा तल्लो तहको पनि सरुवामा मापदण्ड लागु गर्न खोजिएको छ।