
०३, फाल्गुन २०८१
उदेस पाण्डे
पर्सा! नेपाल प्रहरीमा अहिले वर्तमान आईजी वसन्त बहादुर कुँवरको अबको एक महिनामा अवकास जाने भएका छन् फोर्समा अनिवार्य अवकास हुनु भन्दा पहिला नै बिदा बस्ने परम्परा रहेको छ। हालका प्रहरी महानिरीक्षक आईजी अनिवार्य अवकास संगै अहिले प्रहरी संगठन भित्र तथा बाहिर ३१ औं आईजी दक्ष, अब्बल, पेशा प्रति पुर्ण वफादार, प्रोफेसनल प्रहरी अधिकृत अबको आईजी होस भन्ने सबैको चाहना रहेको छ।
अबको एक महिनामा नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकको नियुक्ति नेपाल सरकारले कानुन बमोजिम उपयुक्त लागेको प्रहरी नायब महानिरीक्षक डिआईजी वा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बाट एक जना लाई नेपाल प्रहरीको प्रमुखमा नियुक्ति गर्ने छ।
अहिले वर्तमान सरकारका गृहमन्त्रीको रूपमा माननीय रमेश लेखक रहेका छन भने प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री रहेका छन उनी विभिन्न समयमा नेपालको गृह मन्त्री समेत रहेका थिए त्यही भएर अहिले आईजी नियुक्तिमा दक्ष अब्बल संगठनमा सफल कमाण्डरको परिचय बनाएका प्रहरी अधिकृत एआईजी सुदिप गिरीको नाम चर्चामा आएको छ।
नेपाल प्रहरीमा २०५२/०५/१९ भदौ को प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका एआईजी सुदिप गिरी प्रहरी भित्र एक अब्बल दर्जाका अधिकृतको रूपमा परिचित छन्
बैशिक तालिमका अल राउन्डर फस्ट एआईजी सुदिप गिरी प्रहरी निरीक्षक हुँदा प्रतिआतकबाद शाखा प्रहरी प्रधान कार्यालय तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँदा जिल्ला प्रहरी कार्यालय रसुवाको सफल कमाण्ड गरेका थिए यसैगरी प्रहरी वृत्त कालिमाटी ईन्चार्ज बसे तथा प्रहरी उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय कैलालीमा बसे जिल्ला प्रहरी कार्यालय पर्सा एसपीको रूपमा बस्दा निकै नाम कमाएका थिए पर्सा जिल्लाको क्राईम कन्ट्रोल तथा तस्करी नियन्त्रण गरी नागरिक माझ लोकप्रिय बनेका सुदिप गिरी लाई अहिले पनि पर्सामा देवता बाबु भनेर एआईजी गिरी लाई नागरिकले चिन्छन्
एसएसपी हुँदा काठमाडौं जिल्लाको कमाण्ड गरे प्रहरी भित्र सरुवा, काज, वढुवा, पुरस्कार विभागीय निति नियम नै हो त्यही अनुसार सुदिप गिरी परिसर बाट सरुवा भए पछि केही दिनमा डिआईजी पदमा बढुवा भएर प्रदेशको कमाण्ड सफतापूर्वक गरे अहिले एआइजीको रूपमा प्रहरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यकारी निर्देशकको पदमा कार्यरत एआईजी सुदिप गिरी प्रहरी संगठन भित्र बौद्धिक कानुनी ज्ञान भएको, काम बोल्ने, पेशा प्रति पुर्ण जिम्मेवार तथा लो प्रोफाइल बस्ने अधिकृतको रूपमा परिचित छन्
दुई तिहाईको सरकारले अहिले केही दिनमा नियुक्त गर्ने लागेको प्रहरी प्रमुखमा एआईजी सुदिप गिरीको नाम पहिलो नम्बरमा रहेको कुरा विभिन्न स्रोतका अनुसार बुझ्नमा आइरहेको छ
२००७ सालको क्रान्ति पछि नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरुलाई संगठित रुपमा परिचालन गर्न सन १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षक लाई लगाइएको थियो तोरण शमशेर ज ब रा नेपाल प्रहरीको पहिलो प्रहरी महानिरीक्षक IGI को रूपमा नियुक्त भएका थिए