सिरहा पोष्ट
शुक्रवार ९ पुस २०७८
सिरहा ।सिराहाको धनगढीमाई नगरपालिका फेला परेका बेबारिस बच्चालाई आज ललितपुर निवासी इन्जिनियर दिपक थापा र ज्योति थापालाई हस्तान्तरण गरियो
गत मंसिर २१ गते सिरहाको धनगढीमामाई नगरपालिका १० जिरोमाइलचौकदेखि करिब ३सय मिटर दक्षिण सडक छेउमा नवजात शिशु बेबारिस अवस्थामा फेला परेको थियो नवजात शिशु रोइरहेको अवस्थामा बटुवा हरुले देखेपछि प्रहरीलाई खबर गरी तत्कालीन नजिक नैनपुर अस्पतालमा पुर्याएको थियो बच्चाको नालमा किल्प लगाइएको आधारमा यसैहप्ता जन्मेको हुन सक्ने र अस्पतालमै जन्मेको हुन सक्ने आँकलन पनि गरिएको थियो नवजात शिशुलाई कपडामा बेरिएको अवस्थामा फेला परेको थियो
सयहार ,रेखदेख गर्ने लागि सिरहा जिल्ला अस्पतालमा राखिएको थियो सिरहा जिल्ला अस्पतालका नर्सहरु अस्पतालमै नवजात शिशुलाई मंसिर २६ गते आईतबार हिन्दु परम्पराअनुसार न्वराण अर्थात छठिहार पनि गरिएको थियो नवजात शिशुको नाम आभाष राज नामाकरण गरिएको थियो
बेवारिस भेटिएको सो शिशुलाई गोद लिनका लागि दर्जनौं व्यक्तिले आतुर भएका थिए जिल्ला प्रशासन कार्यालय सिरहाले मंसिर २६ गते आईतबार एक सूचना जारी गर्दै कुनै पनि बेबारिस बच्चालाई गोद लिन अर्थात् पालन पोषन गर्नका लागि विभिन्न प्रक्रिया कागजहरु उपलब्ध भए मात्र बच्चा दिने निर्णय गरियो
जसमा शिशुलाई गोद लिनको लागि विभिन्न ठाउँबाट व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरे
आज ललितपुर निवासी इन्जिनियर दिपक थापा र ज्योति थापालाई हस्तान्तरण गरियो
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy