आन्दोलनकारीहरुले दर्जनौ सवारीसाधनमा तोडफोड

  |

सिरहा पोष्ट
आइतवार ११ पुस २०७८
सिरहा गोलबजार
जनमत पार्टी सिरहाद्वारा आह्वान गरेको आमहड्तालमा प्रहरीको व्यापक दमन भएको छ । प्रहरीले आन्दोलनकारी माथी अन्धाधुन्ध लाठीचार्ज तथा दर्जनौ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् । सवारी साधनमा तोडफोड तथा आगजनी गरेको आरोपमा जनमत पार्टीका १३ जना आन्दोलनकारीलाई पक्राउ गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए । उल्लेख्य संख्यामा रहेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले पनि हातहातमा लाटीफराठी लिई प्रहरी–प्रशासन मुर्दाबाद, शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन बन्द गर, पक्राउ परेका किसानलाई अविलम्ब बिनासर्त रिहा गरी मुद्दा फिर्ता गर जस्ता नारा घन्काउँदै प्रहरीसंगको झडपमा ढुंगामुढा समेत गरेका थिए ।
आमहडताललाई अवज्ञा गरेको भन्दै पूर्व–पश्चिम लोकमार्गको गोलबजार, मिर्चैया, लाहन चोहर्वा लगायको स्थलमा आन्दोलनकारीहरुले दर्जनौ सवारीसाधनमा तोडफोड गर्नुको साथै आगजनी पनि गरेका छन् । सिरहा बन्दको आहवानले गर्दा पूर्णरूपमा सवारी साधन बन्द रहेका छन् भने शैक्षिक संस्था उद्योग कलकारखाना, बजार लगायत पूर्णरुपले ठप्प रहेका छन् । बाहिरको जिल्लाबाट आएको सवारीसाधनलाई प्रहरीले स्कटिङ्ग गरी जिल्ला कटाउने गरेका छन् ।