प्रदर्शनकारीले गाडीमा आगजनी गरे

  |

सर्लाहीमा प्रहरीको गाडी जलाईएको छ । व्यवसायीको मृत्युको विषयलाई लिएर विरोधमा उत्रिएको समूहले ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीको प्रहरी भ्यानमा आगजनी गरिएको हो । प्रदर्शनकारीले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा रहेको बा. १ झ. ७४८२ नम्बरको प्रहरी भ्यानमा आगजनी गरिएको र आगजनीबाट गाडीको अधिकांश भाग जलिएको प्रहरीले जनाएको छ ।  प्रदर्शनकारीले गाडीमा आगजनी गरेपछि प्रहरीले उनीहरुलाई लखेट्न केही राउन्ड अश्रुग्याँस फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार गाडीमा आगजनीबाट झन्डै ५ लाख बराबरको क्षति भएको छ । .

इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका ७ मा ठक्कर दिँदा ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका ५ का व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो ।