काठमाडौं : मानिसलाई अलग–अलग स्वाद मनपर्ने हुन्छ । दशैंमा अधिकांश परिवारमा खसीबोका काट्ने गरे पनि कुखुरा, च्याङ्ग्रा, माछा अष्ट्रिज लगायतको परिकार बन्ने गरेको छ । दशैंको बेलामासुको खपत बढी हुन्छ । यस्तो बेलामा स्वस्थकर मासुको भएन भने यसले महामारी पनि निम्त्याउने खतरा हुन्छ । त्यसका कारण जुनसुकैको मासु बनाए पनि त्यसलाई स्वस्थ्कर तरिकाले बनाउँदा राम्रो हुुन्छ, त्यसैले मासुका विभिन्न परिकार बनाउने टिप्स यहाँ प्रस्तुत गरिएको छ ।
मटन कवाफ
कति पयका लागि मटनका परिकार असाध्यै मन पर्छ । खानाका विभन्नि परिकारहरु मन परेपनि पनि बनाउने तरिका थाहा नहुँदा त्यसको स्वाद लिँनचाहेर पनि सकिँदैन । आज हामी तपाईंलाई मटनको कवाफ र मासुको अचार बनाउने विधि प्रस्तुत गर्दैछौँ । यहाँ किलो मटनमा यी चिज बनाउने तरिका दिइएको छ ।
आवश्यक सामग्रीः एक किलो मासु डेढ इन्चको पीस गर्नु, ४/५ पीस ल्वाङ, सुकुमेल, इलाइची, दालचिनी, तेजपात, १०० ग्राम तेल, १ चम्चा राम्रो घिउ, १०० ग्राम अदुवा, १ चौथाई चम्चा मरिचको धुलो, २/२ चम्चाजिरा धनियाँको धुलो, १/१ चम्चा बेसार, खोर्सानीको धुलो, आधा चम्चा जाइफलको धुलो, आवश्यकता अनुसार नुन ।
बनाउने तरिकाः मासु सफा गरी तेल बेसार र अन्य सबै मसला राखी राम्रो मुछ्नु र बाक्लो भाँडोमा पकाउनु । मासुमा भएको पानी सुकेपछि आगो सानो गरी छोपेर पकाउनु । पाकिसकेपछि घिउ राखी चलाएर छोडिदिनु । तयार भयो । यसरी पकाएको मासु फ्रिजमा नराखे पनि ४÷५ दिनसम्म राखेर खान सकिन्छ । तर, चिसो डाडुले चलाउनु हुँदैन । आफूलाई चाहिने मात्र निकाली तताउनु पर्छ । प्याज र लसुनपनि राख्नु हुँदैन बिग्रन्छ ।
चिकेन चिल्ली
आवश्यक सामग्रीहरुः कुखुराको हड्डी नभएको मासु, काटेको भेंडे खुर्सानी, काटेको सुकेको प्याज र हरियो प्याज, हरियो खुर्सानी, गोलभेंडा, मरिचको धुलो, काटेको लसुन, नुन धुलो खुर्सानी, कर्नफ्लोरसोया सस रटोमाटो केचअप ।
बनाउने प्रक्रियाः मासुमा कर्नफ्लोर, धुलो खुर्सानी, मरिच, नुन राखेर मुछ्ने अनिकम्तिमा १५ मिनेटसम्म त्यसै राख्ने राम्ररी तातेको तेलमा मुछेको मासुलाई राम्ररी फ्राई गर्ने अनि निकाल्ने । पुनः भाँडोमा भेंडे खुर्सानी, सानो–सानो गरी काटिएको लसुनको टुक्रा, हरियो खुर्सानी, प्याज, नुन, धुलो खुर्सानी, सोया सस, मरिचको धुलो, टोमाटो सस, हरियो प्याजलाई हल्काफाई गर्ने र अन्त्यमा यस अघि फ्राई गरेको मासु राखेर सबै फ्राई गर्ने । केही बेरपछि गोलभेंडा राखेर चलाउने ।
फिस करी
दशैंमा माछा खाँदै हुनुहुन्छ ? यसरी बनाउँनुस् स्वादिलो हुन्छ । माछालाई विदेशतिर भेजका रूपमा पनि गणना गरिन्छ । तर, नेपाल, भारतलगायतका देशमा भने मासुको विकल्पको रुपमा माछालाई लिने गरिन्छ । त्यसैले यहाँमा माछालाई स्वदिलो तरिकाले बनाउने तरिका प्रस्तुत गरेका छौं ।
आवश्यक सामग्रीः माछा, कुखुराको अण्डा, टुक्रा पारेको कागती, नुन, बेसार, लसुन अदुवाको पेस्ट, पानी राखेर पिसेको खुर्सानी, पानी, मैदा, काँचो तोरीको पेस्ट, सेतो तिल, जिराको धुलो, खुर्सानीको धुलो र तेल ।
पकाउने तरिकाः माछालाई स्लाइस बनाएर काट्ने, कुखराको अण्डा फुटाउने र त्यसमा एक चम्चा चीली पेस्ट, आधा चम्चा खुर्सानीको धूलो, जिरा पाउडर, लसुन अदुवाको पेस्ट, बेसार, तिल, नुन, तोरीको पेस्ट, २ चम्चा मैदा, कागतीको रस र पानी राखी राम्ररी मिक्स गर्ने । काटेको माछालाई मसलामा डुबाउने र केही बेरसम्म डुबाउने । त्यसपछि तातो तेलमा माछालाई राम्ररी पल्टाई–पल्टाई फ्राई गर्ने । फ्राई गरिसकेपछि तेल तैरने पेपर, कपडा वा भाँडोमा उक्त माछालाई राख्ने । यसरी घरैमा स्वादिलो माछा तयार गर्न सकिन्छ ।
अष्ट्रिचको मासु
नेपालमा अष्ट्रिचको मासु नयाँ परिकार हो । नेपालमा अष्ट्रिचको मासको प्रयोग गर्न थालिएको धेरै भएको छैन । अष्ट्रिचको मासु घरमा ल्याउनु भयो भने कसरी पकाउने ? यसलाई हामीले सामान्य विधिबाट प्रस्तुत गरेका छौं ।
आवश्यक सामग्रीः काटेको अष्ट्रिचको मासु, तेल, काटेको प्याज तथा गोलभेंडा, गरम मसला, अदुवा तथा लसुनको पेस्ट, बेसार, नुन, मिट मसला, खुर्सानीको धूलो र धनियाँको पात ।
पकाउने तरिकाः भाँडामा तेल तताउने, कोटको प्याज तेलमा फ्राई गर्ने साथै गरम मसला पनि राख्ने, अष्ट्रिच मासु राखेर करिब ४ मिनेटजति फ्राई गर्ने । उक्त मासुमा अदुवा, लसुनको पेस्ट तथा बेसार राखी चलाउने, केही बेरपछि गोलभेंडा राखी पकाउने । सुख्खा भएपछि उमालेको पानी राख्ने र केही बेरसम्म पकाउने, यसरी अष्ट्रिचको मासु पकाउन सकिन्छ ।
बफ छोईला
आवश्यक सामग्रीः आगोमा पोलेको बफ ५ सय ग्राम, अदुवा र लसुनको पेस्ट २ टेबुल चम्चा, सुकेको खुर्सानी पोलेर तयार पारिएको पेस्ट २ चम्चा वा आवश्यकता अनुसार, पोलेको गोलभेंडा १ सय ग्राम, नुन स्वाद अनुसार, टिम्मुर १ चम्चा, हरियो लसुन १ मुठा तथा तोरीको तेल २ चम्चा ।
पकाउने तरिकाः आगोमा पोलेको मासुलाई एउटै साइजमा काट्ने । एउटा भाँडामा मासु, अदुवा, लसुनको पेस्ट, तोरीको तेल, गोलभेंडाको पेस्ट, सुर्खानीको पेस्ट, नुन, मरिच, टिम्मुर तथा हरियो लसुन हालेर मोल्ने । यो छ्वेला स्न्याक्स वाखाजाका रूपमा खान सकिन्छ ।