काठमाडौं : कक्षा १२ को पूरक परीक्षा असोज ३० र ३१ गते हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज पूरक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गर्दै ३० र ३१ गते परीक्षा सञ्चालन हुने जनाएको हो।
गत जेठमा भएको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थी नै उक्त पूरक परीक्षामा समावेश हुनेछन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका थिए।
तीमध्ये एक लाख ३० हजार ८७८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन्।
परीक्षामा नियमित तर्फ ३ लाख ६३ हजार १ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिक तर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए।