जनकपुरधाम : यही मंसिर ४ गते निर्वाचन हुने भएपछि निर्वाचन सम्पन्न गराउनका लागि धनुषामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै उद्घाटन गरिएको छ ।
बिहीबार जनकपुरधाममा पनि मुख्यनिर्वाचन अधिकृतको कार्यालयको स्थापना तथा उद्घाटन गर्दै मुख्यनिर्वाचन अधिकृत तथा मुख्यन्यायाधिश ब्रजेश प्याकुरेलले निर्वाचनलाई सम्पन्न गराउनका लागि सबैको सहयोग आवश्यकता रहेको बताएका छन् ।
उनले धनुषाको चार वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्दै उनले राजनीतिक दल, पत्रकार, नागरिक समाज र भद्रभलादमीसमेतको निर्वाचनमा उपस्थिति देखि अनुगमन समेत हुने हुनाले निर्वाचन शान्तिपूर्णरुपमा हुने विश्वास व्यक्त गरे ।
धनुषाको चार वटै निर्वाचन क्षेत्रमा कार्यालयको स्थापना गरिएको छ ।
धनुषाको क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाधाममा स्थापना गरिएको छ भने क्षेत्र नम्बर २ को कार्यालय तिनकोरिया चोकमा, क्षेत्र नम्बर ३ को कार्यालय जनकपुरधाममा र क्षेत्र नम्बर ४ को मुख्य निर्वाचन अधिकृतको कार्यालय महेन्द्रनगरमा स्थापना गरिएको छ । चार वटै क्षेत्रमा स्थापना गरिएको कार्यालयको उद्घाटन एकैदिनमा मुख्यनिर्वाचन अधिकृत प्याकुरेलले गरे ।
सो कार्यालय उद्घाटनमा राजनीतिक दलका प्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रतिनिधिलगायतकाहरुको उपस्थिति रहेको थियो । साभार: खोजवाणी