बालेनको समर्थन गर्दै हर्क साम्पाङले भने–स्वतन्त्रहरु एक बन्ने बेला आयो

  |

धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पार्न खोजिएको बताएका छन् ।

उनले यस्तो कार्यको विरोध गर्दै अब स्वतन्त्रहरु एक बन्ने बेला आएको बताएका छन् ।

‘कथाले माग्यो अब स्वतन्त्रहरु एक बन्ने बेला आएको छ । स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेराबन्दीमा पारिएको छ । त्यो निन्दनीय छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

यस्तो बेला अरुले जे गरेपनि आफ्नो भने बालेनलाई साथ रहने साम्पाङको भनाइ छ ।