
एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्। सरकारबाट बाहिरिने घाेषणा गरेसँगै मन्त्रीहरुले आजै पदबाट राजीनामा दिन लागेका हुन् ।
रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री छन् ।उनीहरूले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिन लागेका हुन्।