मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी

  |

एसपी रिपोर्टर
जनकपुरधाम, माघ २३ :
जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघामा भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेपाल पत्रकार महासंघ धनुषाको मिटले शिक्षकहरुको टिमलाई पराजित गरेको छ । सोमबार रंङ्गभूमि मैदानमा महासंघ धनुषाको विक्रेट टिम तथा नीजि अवासीय विद्यालयका सञ्चालक एवं शिक्षकहरुको मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगितामा महासंघ ४९ रनले विजयी भएको छ ।
टस जितेर पहिले व्याटिङ्ग गरेको महासंघको क्रिकेट टिमले १४ ओभरको खेलमा १ सय १९ रन बनाएर अल आउट भएको थियो ।
महासंघको तर्फबाट कमलेश ठाकुले सर्वाधिक २९ रनको योगदान गरे । त्यस्तै संजिव कुमार झा १७, विजय झाले १२ तथा अवधेश कामतले ७ रन बनाएर आउट भए । शिक्षकहरुको तर्फबाट संजिव ठाकुर, विमल र कुशेश्वरले २/२ विकेट लिन सफल भए । जवाफमा ब्याटिङ्ग गर्न उतरेको शिक्षकहरुको १३ ओभर ४ बलमा ७० रनमा सीमित भएको थियो । शिक्षकहरुको टिमबाट संजिव ठाकुरले सर्वाधिक ३१ रनको योगदान गरे ।
शिक्षकहरुको टिमलाई सस्तैमा समेट्न नेपाल पत्रकार महासंघ धनुषाको क्रिकेट टिमका कप्तान दिपक कर्णले कसिलो बलिङ्ग गर्दै सर्वाधिक ४ विकेट लिए । त्यस्तै अजय कुमार झाले ३, विकास आर्या ठाकुरले २ र सन्दिप साहले १ विकेट लिए । खेलको म्यान अफ द म्याच दिपक कर्ण भए ।