जु प्र इन्चार्ज हुँदाको पिडा

जु प्र इन्चार्ज हुँदाको पिडा
मिति २०८०/०१/१८
नेपाल प्रहरी सगठन यस्तो पबित्र सगठन हो जसको काम शान्ति, सुरक्षा,अमन चयन कायम गर्ने हो।नेपाल प्रहरी भित्र जतिसुकै ठुलो जस्तो प्रकृतिको घटना पनि सफल अनुसन्धान गर्न सफल हुने गरेको तथा उक्त घटना मात्रै सीनियर अधिकृतको मेहनत वा अनुसन्धानले पता लागेको होइन बरु त्यस् घटनाहरुमा जुनियर प्रहरी अधिकृतहरुको ठुलो सहयोग रहेकोे हुन्छ।प्रायः घटना पता लाउन अपराधी पक्राउ गर्न यो सबैमा जुनियर प्रहरी अधिकृत तथा प्र ह प्र ज समेतको सहयोग साथ रहेकोे हुन्छ।प्रहरी युनिटहरु शान्ति सुरक्षा प्रदान गर्न रातदिन चौकी इन्चार्जहरु खटेर आम नागरिक लाई सुरक्षाको दिन्छ तर त्यहीँ प्रहरी चौकीहरुमा मोटरसाइकल,एनड्रोइड मोबाइल ,मोटरसाइकलमा खपत हुने पेट्रोलको कुनै बजेट हुँदैन।चौकी इन्चार्ज भए पछि सुरक्षा सग सम्बन्धित कामहरुमा जादा आउँदा दिनमा १/२लिटर पेट्रोल खपत हुन्छ।प्रहरीको कार्यालयमा सेवाग्राही आउँदा उसको कामले चौकी इन्चार्जहरु लाई फोन गर्ने तथा पत्र पठाउने कामहरु आइ पर्छ तर चौकी बसेका जुप्र हरु लाई कहिँ बाट नत्र बजे छुट्टयाइएको छ नाइ गा पा नापा अर्थात स्थानीय तहले समेत कुनै सुबिधा दिएको देखीदैन।यस्तो अवस्थामा पनि चौकी इन्चार्जहरु आफ्नो कर्तव्य पालना गर्दै आइरहेका छ्न।नाम नबताउने शर्तमा एक जाना इन्चार्जले भन्नु भो स्थानीय तह्ले पेट्रोल दिन्छ त कानुन बिपरित काम गराउन खोज छ।प्रहरी इन्चार्ज हुँदाको गज्बको कथा छ।प्रहरी लाई रासन तिर्न गाह्रो छ।अहिले प्रहरीको तलब रोकिएको छ ती प्रहरी कहि कोठा लिएर आफ्नो परिवार राखेको छ कहिँ स्कुलमा बच्चालाई पढाउन भर्ना गरेको ।मधेस प्रदेश भित्र धेरै जिल्लाहरुमा प्रहरीको युनिट छ जस् मध्ये कहि प्रहरी चौकी भाडाको घर त कहि सस्थानमा रहेको छ जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ३४ वटा युनिट छ जस् मध्ये १२ वटाको आफ्नो भवन छैन प्रहरीको समस्य धेरै छ प्रदेश सरकार पनि यस प्रति त्यति चासो राखेको छैन।जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका पनि प्रहरी चौकीहरुमा बिजोग छ।सबै जिल्लाको चौकी इन्चार्ज लाई यस्तै समस्यको साम्ना गर्नु परेको छ।जिल्ला बाट वा पाएक पर्ने ईलाका प्रहरी कार्यालयहरु बाट चौकी इन्चार्ज लाई पेट्रोल वा रिचारज खर्च भनेर कुनै बजेट दिएको हुँदैन ।तर कामको चाप धेरै छ।