सशस्त्र प्रहरी बल नेपाल पर्सा बाट लागू औसध चरेस सहित एक जाना लाई नियन्त्रणमा लिएको छ।२०८०/०४/०८ गते १४बाजेको समयमा जिल्ला पर्सा पकहामैनपुर गा पा ५ सबैठवा स्थित सशस्त्र प्रहरी बल नेपालको टोलि नेपाल बाट भारत तर्फ जादै गरेको ना ३० प ४४४३ नम्बरको मोटरसाइकल लाई रोकि रितपुर्वक चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार जिल्ला पर्सा कालिकामाइ गा पा १ मुडली बसने अन्दाजी वर्ष ४४ को प्रेम पास्वान शरीरमा लुकाइराखेको ५ केजी ७००ग्राम चरेस समातेको।यसैगरी सशस्त्र प्रहरी बल नेपाल पर्सा दारा करिब एक करोड अन्ठानब्बे लाख मुल्य बराबरको बिलबिजक भन्दा बढीको मालसमान भएको ४ वटा ट्रक नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।सशस्त्र प्रहरी उपरीक्षक आफै फिल्डमा खट्ने गरेकोले अहिले पर्सा जिल्लामा बिगतको तुलनामा अहिले धेरै सुधार आएको छ।कसैले रोक्न नसकेको पर्साको भैंसी तसकरी रोकेर सप्रउ आम नागरिक,सज्जन बिश्वास तथा भरोसा बनेका छन् ।त्यसैगरी चाला तसकरीको ट्रान्जिट पोइन्ट बनेको अमरपटि नाका लाई समेत निगरानी राखी उक्त ठाउँ बाट हुनेगरेको कुख्यात तसकरको चाला समातेर सशस्त्र प्रहरी अहिले चर्चामा छ।उस्तै इनर्वा गाउँको बासघारीमा समेत सशस्त्र प्रहरी अहिले उच्च निगरानी गरिरहेकोले तसकरी समुहमा तर्ग पैदा भएको छ।पर्सा जिल्लामा सशस्त्र प्रहरी उपरीक्षक आए देखि आफ्नो मातहतको सबै युनिट इन्चार्जहरु लाई कडा निर्देशन दिदै भन्नू भयो जसरी पनि तसकरी रोक्नु पर्छ।अहिलेसम्म आफ्नो अडानमा कायमै रहेकोमा सशस्त्र प्रहरी उपरीक्षक सग नागरिक पनि खुस छ्न।पर्सा जिल्ला जस्तो ठाउँमा तसकरी रोक्न चानचुन कुरा होईन।तर एक असल ईमानदार अधिकृत तसकरी रोक्न पनि सक्दैन पनि होइन।अहिले सशस्त्र प्रहरी उपरीक्षकको बारेमा अन्य जिल्ला तथा अन्य सुरक्षा निकायहरुमा सुमन भने पात्रको उदाहरण दिनेगरेको पाइन्छ।आइजिपीको बिश्वास लाई कायमै राखेको सशस्त्र प्रहरी उपरीक्षकको बारेमा नेपाल प्रहरीको एक जाना सीनियर अधिकृत खुलेर यस् online का सचालक सग तार्फी गरेका थिए ।