
पर्सा
जिल्ला प्रहरी परिसर टेकु “अ अ “फाटमा कार्यरत डिएसपी श्रीराम भन्डारीको ध्यान नै मिटरब्याजको पैसा उठाइदिनेमा मात्रै केन्द्रित छ।जिल्ला प्रहरी परिसर टेकुका डिएसपी त्यस् मध्येका एक हुन।परिसरमा चेक बाउन्स सम्बन्धि दैनिक ३० वटा जाहेरी दर्ता हुन्छ।
त्यसमधेय ठुलो बिगो भएका ब्याक्तीको मुद्दा मात्रै प्रहरी अधिकारी अनुसन्धानमा केन्द्रित हुन्छन् ।थोरै बिगोको चेक भएकाहरु सामान्यतया निम्न वर्गका हुन्छन् थोरै पैसा ठगीएपनि त्यो उनीहरुको लागि ठुलो हुन्छ।त्योसमा प्रहरी लाई मतलब हुदैन ।धेरै बिगो भएका मुदाहरु धेरै जसो चेक बाउन्स सम्बन्धि मुद्दामा कमिसन पाउछ।सोही कारण यो शाखाको डिएसपी भन्डारी लगाएतको धयान यसैमा केन्द्रित हुन्छ।मिटरब्याजीका पैसा उठाउन संबंधित ब्याक्तीका आफन्त लाई समेत धम्काउने गरिएको छ।गत साता त्यसतै बागबजारको नेपाल सहकारीले एक ब्याक्तीलाई मिटरब्याजमा एक करोड रुपैया भन्दा धेरै लगानी गरेको थियो।सहकारीले बिना धितो त्यसरी पैसा लगानी गर्न पाइदैन तर उच्च ब्याजको प्रलोभनमा त्यसरी लगानी गरिएको थियो संबंधित ब्यती चर्को ब्याज तिर्न नसकि पलायन भए।त्यस् पछि सहकारीले ती ब्यपारी तथा आफन्तलाई बोलाइ सो पैसा तिर्न नसके थुनिदिने भन्दै धम्काएका थिए।डिएसपी श्रीराम भन्डारी बिबादित अधिकृतको रूपमा चिनिन्छ बोल्दा आइसिन्छ,गैसिन्छ चिप्लो बोली तर भित्री रुप फरक डिएसपी ईलाका प्रहरी कार्यालय गरुडा हुदा धेरै बिबादमा परेका थियो।प्रहरी प्रधान कार्यालयमा उजुरी समेत परेका थिए।निजले राखेको घुमुवाहरु बाट ब्यान समेत लिइएको थियो पुर्ब प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आशिर्वादमा इप्रका गरुडा पुगेका डिएसपी पूरा कार्य्काल टिकन सकेनन् आउदा धेरै आलोचना समेत भएको थियो ।गरुडा तिर सोझा नागरिक लाई झुठोमा अभद्र मुद्दा चलाएर गरि सर्बसाधारण जान्ता लाई दु:ख दिएका थिए।डिएसपी अहिले पनि हाल कार्यरत रहेको कार्यालयमा काम भन्दा पनि बढी फुर्ती दिने गरेका छन् सेवाग्राही सग आफू नै बढी जान्कार छु भने कुरा देखाउछ्न।