जिल्ला प्रहरी कार्यालय बाराको क्राइम टोलि असफल

बारा जिल्ला प्रहरीको क्राइम टोलि असफल भएको छ।जिल्ला स्थित सदर मुकाम कलैया जिल्ला प्रहरी कार्यालय सगै रहेको पसलहरुमा चोरी भएको छ।यस् भन्दा पहिला जिल्ला प्रहरी कार्यालय सगै रहेको चिया पसलमा करिब १७ हजार तथा गैसस सिलिन्डर,विभिन्न बैंकको चेक दिनेश साहको चिया पसल बाट चोरी भयो।त्यो घटनाको पता लाउन बारा प्रहरी कुनै चासो देखाएन।त्यस् लगत्तै अहिले अर्को चोरी भएको छ।मुकेश साह्को पसलमा करिब २० हजार जतिको नगद तथा समान सहित चोरी भयो यो पसल पनि जिल्ला प्रहरी कार्यालय बाराको हातासग टासिंएको पसल हो।यो पसलको सचालक मुकेश साह धेरै राम्रो ब्यपारीको रूपमा परिचीत छ्न।त्यसै गरि दिनेश चिया पसलको साहु दिनेश पनि आफ्नो पेशा गरेर खाने एक जिम्मेवारी युवा ब्यपारिको रूपमा चिनिन्छन।यी दुबै पसलमा चोरी हुन्छ।तर प्रहरी मुखदर्शक बनेको छ।बारा प्रहरी यस् भन्दा पहिला देखि नै धेरै आलोचित बनेको छ।यो चोरीको घटनाले पुष्टि गरेको छ।बारा क्राइम असफल भयो।बारा प्रहरी माथि अर्को आरोप पनि छ।सामान्य मानिसको गुनासो हत्पत सुन्दैन प्रहरी यहीँ चोरी यदि कुनै पार्टीको नेताको घरमा भएको भए वा कुनै ठुलो नेताको कार्यकार्ताको घरमा चोरी भएको भए प्रहरी चासो देखाउथियो।तर यी पसलका साहुहरु सामन्य पेसा ब्यपार गरेर खाने परे त्यहीँ कारण यिनिहरुको पसलमा चोरी भएको घटनामा प्रहरी तदारुकता देखाएको छैन।बारा प्रहरी शान्ति सुरक्षा दिन असफल भएको छ।जिल्ला प्रहरी कार्यालयको पर्खाल सग टासिंएको पसलमा चोरी हुन।भने ग्रामीण भेग तिरको अवस्था के होलान्।बारा प्रहरीको कमान्ड माथी प्रश्न उठ्न थालेको छ।बारा जिल्ला भित्र राम्रो ईमानदार प्रहरी कर्मचारीको मुलयाकन छैन।पावर पहुँच वाला लाई ठाउँ दिनेगरेकोले पनि यस्तो यस्तो घटना हुन्थालेको अनुमान गरिएको छ।जिल्ला प्रहरी कार्या बाराको रवैया देखेर प्रहरी लाई माया गर्ने सहयोग गर्ने आम नागरिक रुष्ट बनेको देखिएको छ।यस् Madheshviews online लाई प्राप्त सूचना अनुसार बारा जिल्लामा केहि जुप्रअ काम राम्रो काम गर्ने खालको छन् तर त्यस्तो जुप्रअको कुनै भैलु छैन।कमान्ड नभएको लाई चौकी दिने जिल्लामा हाजिर भएको एक हप्ता पनि नबस्नेलाई चौकी इन्चार्ज पठाइएका तर जिल्ला एक वर्ष देखी दु:ख गरेको लाई कुनै इन्चार्ज दिइएकोछैन।आम नागरिक,जुनियर प्रहरी अधिकृत,सीनियर अधिकृत कोइ पनि प्र उ सग सन्तुष्ट छैन।