जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतसमेत चलाउछ,चोरीको मोटरसाइकल

२०८०/०४/११ पर्सा
जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतमा चोरीको बाइक प्रयोग भैरहेको छ।कानुनी रूपमा चोरीको बाइक प्रहरी वा अन्य कसैले चलाउन पाउदैन तर बारा प्रहरी कानुनको खिल्ली उडाउदै चोरिको बाइक चलाउदै आइरहेको छ।चोरिको मोटरसाइकल समातेर कार्वाही प्रक्रियामा लैजाने प्रहरी सोयम चोरिको बाइक चलाउदा जनमानसमा नकारात्मक संदेश गएको छ।प्रहरीको गलत क्रियाकलापको कारण बारामा प्रहरी नागरिक सम्बन्ध बिग्रेको छ।प्रहरीनै मान्दैन कानुन अनि कसरी नागरिक लाई कानुनी दायरामा लाउन सक्छ त प्रहरी ।चोरीको गाडी प्रहरी आफ्नो निजी प्रायोजनमा समेत प्रयोग गर्ने गरेको खबर छ।केहि प्रहरी त चोरीको गाडीमा अँखा लाएर बसेका हुन्छन् भन्सार वा लिलाम गर्नुको सट्टा आफै प्रयोग गर्न रुचाउँछन् प्रहरी तर यो कानुनले मिल्दैन।कुनै मुद्दा पक्राउ परेकाको मानिसको गाडी झन् छोड्दैन्न।यसरी चोरीको गाडी चलाउने मातहतका युनिट लाई प्रहरी प्रमुख बाराको एसपि केहि भन्दैन्न।यस्कारण पनि यो बिकृती मौलाएको छ।प्रदेश प्रहरी कार्यालय बाट प्रष्ट निर्देश अर्थात परिपत्र आएको छ।चोरीको गाडी नचलाउने सम्बन्धमा तर बारा प्रहरी लाई उक्त परिपत्रले कुनै फरक परेको छैन।आखिर कहिले सम्म बारामा आफ्नो मनपरी प्रहरीले गरिरहन छ।बारा जिल्ला प्रहरी कार्यालय मातहत अस्थाई प्रहरी पोस्ट शिक्षा office प्रहरी चौकीमा कालो रगको साइन बाइक चोरिकै हो।तर प्रहरी आफ्नो निजी रूपमा प्रयोग गर्दै आइरहेको छ।यस् madheshviews online लाई प्राप्त जानकारी अनुसार प्रायः प्रहरी चौकीहरुमा चोरिकै मोटरसाइकल प्रहरी प्रयोग गर्दै आइरहेको छ।बारा जिल्लामा प्रहरीको काम कर्तव्य देखेर समाजिक अगुवा ,भद्रभलादमी,पुर्ब प्रहरी कर्मचारी निराश बनेका छन् जिल्ला भित्र आउने केस लाई प्रहरीले जिम्मेवारीको साथ हेर्दैन्न।अनावश्यक हैरानी दिनेगरेको एक सेवाग्राहीले यस् online लाई बताए