
२०८०/०४/१६ पर्सा
बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापा मारेको थियो । अवैध लुकाएर राखेको हातहतियारसहित प्रहरीले पक्राउ गरेको ३५ वर्षीय सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान लाग्दा स्थानियले रोकेपछि झडप भएको हो ।
करिब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको सख्यामा रहेका प्रहरीटोली माथि ढुङगा मुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् ।
दोहोरो भिडन्तमा दुई जना प्रहरी घाइते भएका छन् । स्थानियले प्रहार गरेको ढुङ्गा लागेर प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका हुन् । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाइते भएका छन् ।
स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा आज बिहानै पुगेको थियो ।
छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको ईलाका प्रहरी कार्यालय निजगढ प्रहरी प्रमुख बताए ।
उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको बोगटीले बताए । लामा बन्यजन्तुको शिकारमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।उक्त सूचना जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी सग लिन्को लागि फोन गर्दा निजको नम्बर अफ रहेकोे थियो।बारामा आम नागरिक र प्रहरी सम्बन्ध बिग्रेको छ।गृह मन्त्रालय बाट तुरुन्तै यस्को छानबिन हुन जरुरी छ।