२०८०/०४/२४ पर्सा
उदेश पाण्डे
अभद्र ब्यहवार मुद्दा मधेस प्रदेशको ८ वटै जिल्लाहरुमा धेरै चलेको एक प्रतिवेदनले देखाएको छ।अभद्र ब्यहवार मुद्दाको सम्बन्धमा कानुनी परिभाषा र ब्यवस्था मुलुकी अपराध सहिता २०७४ को परिच्छेद ५ मा सार्वजनिक हित,स्वास्थ ,सुरक्षा ,सुबिधा नैतिकता विरुद्धका कसुर सम्बन्धमा ब्यवस्था गरि दफा ११८ मा अभद्र ब्यवहार गर्न नहुने भनी उल्लेख गरेको देखिन्छ।जसमा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरि कसैलाई अभद्र ब्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला,बालबालिका वा शारीरिकरूपमा अशत ब्याक्तीलाई हातपात वा हैरानी गर्न वा त्यसो उधोग गर्न हुदैन भन्दै यस्तो कसुर गरे/गराएमा एक वर्ष सम्म कैद वा दस हजारसम्म जरिवाना वा दुबै सजाय हुनेछ भनी उल्लेख छ।तर मधेस प्रदेशको जिल्लाहरुमा गत वर्षको रेकर्ड हेर्दा पर्सा जिल्लामा सार्वजनिक शान्ति कसुरमा २८५ जना माथि मुद्दा चलेको छ।जिल्ला प्रहरी कार्यालय बारामा अभद्र ब्यहवारमा ३९९ जना माथी मुद्दा चल्यो।रौतहट जिल्लामा २६८ जना माथि यस्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीको रेकर्डमा १४६ जना,महोत्तरी जिल्ला प्रहरीमा ९४ जना,धनुषा जिल्ला प्रहरीले ४७९ जना माथी अभद्र ब्यहवार मुद्दा चलायो जिल्ला प्रहरी कार्यालय सिरहाले २२२ ,जिल्ला प्रहरी कार्यालय सपतरीले १७३ जना माथी २०७९ सालमा अभद्र ब्यहवार मुदा चलायो।सामान्य सबैलाई लागे होला यी मुद्दा चलेको मानिसको गल्ती होला मुद्दा चल्यो तर त्यसो होईन यस्मा कति त निर्दोष हुदाहुदै पनि रिसबि साधन,शक्ति देखाउन साताको दुरुपयोग गरेर कति मान्छे माथी यो मुद्दा चल्ने गरेको छ।मधेसमा प्रायः मुद्दाहरुमा भएको घटना भन्दा फरक कुराको ब्यान दिने।झुठो मुद्दा हाल्ने प्रवृत्ति बढेको छ।अभद्र मुद्दामा प्रहरी प्रतिबेदन पनि कति झुठो हुँदा रहेको छ।प्रहरी प्रतिवेदनमा प्रहरी सग झैझगडा गरेको कुरा फाइलमा हुन्छ तर वास्तविक रूपमा प्रहरी सग झैझगडा भएको हुदैन।प्रहरीले समातेर अन्य ठाउँबाट लाउदा पनि प्रतिबेदनमा गलत ठाउँ देखाउने पक्राउ परेको ब्याक्ती जबर्जस्ती सहि छाप लाउन बाध्य पार्ने उदाहरणको लागि परिवर्तित नाम ठेगाना ऐ ऐ भएको मान्छे लाई २०७८ सालमा तत्कालीन डिआइजी उमेश रन्जितकारको आदेशमा पर्सा प्रहरीले २०७८/०५/०६ गते बिरगंज जिल्ला प्रहरी कार्यालयको थुनुवाकोठामा राखे भोलि बिहान् ईलाका प्रहरी कार्यालय गरुडामा लगेर अभद्र ब्यहवार मुदा चलाइयो निज लाई पक्राउ बिरगंजमा गरियो तर मुद्दा रौतहटमा चलाइयो यस्तो धेरै बिबादास्पद मुदा छ।यस्तो प्रहरीको गलत मन्साय राखेर मुद्दा चलाएको बिरोधमा अनेकौं निवेदन परेको हुन्छ।एक चोटि गरुडा ईलाका प्रहरीले अभद्र मुदा गलत मन्साय राखेर चलाएकोमा प्रदेश प्रहरी कार्यालय बाट छानबिन समेत भएको थियो।तराईमा अभद्र ब्यहवार मुद्दाहरूको गलत प्रयोग भएको देखिन्छ।यस् माथि निगरानी गर्न जरुरी छ।प्रहरीले त्यार गरेको प्रतिबेदनमा लेखेको हुन्छ प्रहरी सग झैझगडा गर्यो।हतियारधारी प्रहरी सग एक आम नागरिक कहिले पनि लड्न सक्दैन तर पनि गलत फाइल खाडा गरि मुदा चलाइरहेका छ प्रहरी।बढिरहेको छ अभद्र ब्यवहारको मुदा तर यस्ले गर्दा नागरिक प्रहरी बीचको सम्बन्धमा असर पर्छ।१० दिन थुनेर मान्छे सुध्रिने होइन सामान्य कुरामा अपराधी झै थुनेर अपराधी सग राखेर हातमा हथ्कडी लगाएर समाजमा उसको इजत बर्बाद गरेर सुधार आउदैन।ताराको जिल्लाहरुमा त कतिपय इन्चार्ज मुद्दा दर्ता भएको देखाउन लाई पनि अनावश्यक रूपमा अभद्र मुदा दर्ता गरेको पाइएको छ।मुदा फाटहरुको बदमासी बेला बेलामा आउने समेत गरेको छ।यस्तै ईलाका प्रहरी कार्यालय सर्लाहीको प्र नि लागुऔसध मुद्दामा गलत फाइल बनाएको कारण कार्वाही समेत खाए र कार्यालय बाट हटाइयो।कानुनी एउटा् भनाइ छ हजारौं दोसि भागौ तर एक जना निर्दोष नफसुन।ताराको जिल्लाहरुमा धेरै वर्ष देखि मुद्दा फाटमा बसेर काम गरेको प्रहरी कर्मचारी लाई अदलिबदली गरेको कार्य प्रहरी प्रमुखको एकदम सराहनीय छ।यसरी मुद्दा चलेको सबै फाइल माथि पुनः अनुसन्धान गर्ने हो भने धेरै कुरा खुल्छ।पाएको जिम्मेवारी सहि रूपमा सहि कामको लागि प्रयोग गर्दा ठिक हुन्छ।यस् विषयमा हाम्रो मिडियाले एक जना प्रहरी अधिकृत सग सोध्दा नाम नबताउने शर्तमा वहाँले भन्नु भो कति पै मुदा त कार्यालय प्रमुखको मान राखनलाई चलाएको हुन्छ।मिलापत्र गराएर छोड्ने कुरामा पनि मुद्दा चलाइरहेका हुन्छन् हामी केही बोल्न मिल्दैन।धेरै जसो मुद्दा चलेको पिडि जिल्ला प्रशासनमा तारीखमा धाइरहेका हुन्छन्।त्यहीँ बिच्मा कसैले रोजगारीका लागि बाहिर जानुपर्ने हुन्छन् तर जानसक्दैनन् यस्तो कार्य प्रति प्रहरी सुध्रिनु जरुरी छ।नागरिक लाई दु:ख दिएर समाजमा सुधार आउदैन यस्तो मुद्दा चलेको मानिस प्रायः सामान्य वर्गका हुदारहेछ्न।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy