जिल्ला प्रहरी कार्यालय बाराको गेट्मै झैझगडा प्रहरी मुख्दर्श्क

  |

२०८०/०५/०२ गते
उदेश पाण्डे
जिल्ला प्रहरी कार्यालयको बाराको सादा पोसाकमा खटिएका प्रहरी देखी उजुरी सम्मका सबै प्रहरी असफल देखिएको छ।जिल्ला प्रहरी कार्यालयको मुख्य गेटमा एक आपसम्म झगडा हुँदा समेत प्रहरी मौन बसेको थियो।जिल्ला प्रहरी कार्यालय बाराको भित्री ग्राउन्डमा पीडित एक आपसम्म लेड्ने कार्य पुनः सुरु भएको छ।झैझगडा मिलाउन लाई जिम्मेवारी पाएका उजुरी फाट निकामा देखिएको छ।ग्रामीण क्षेत्र बाट आउने पीडितहरुको गुनासो सुनेर उचित न्याय दिनुपर्ने प्रहरी अहिले थाम्थुम कार्य मात्रै गरिरहेको छ।जिल्ला प्रहरी कार्यालय अहिलेसम्मकै असफल बनेको छ।हरेक फाटमा जिम्मेवारी पाएका जुनियरतर्फका प्र ना नि, प्र स नि, प्र ह, प्र ज ,आफ्नो पदिए जिम्मेवारी राम्रो सग बहन गर्न सकिरहेका छैनन् ।त्यति मात्रै होईन जिल्ला प्रहरी कार्यालयले एउटा् नाया धन्धा सुरु गरेको छ।जथाभावी मान्छे थुन्ने अनि एक राती राखेर लेनदेन गरेर छोड्ने गरेका पाइएको छ।श्रावण महिनामा सिसहनिया चौक भन्दा अगाडि बाट ढाठका तीन जना तोकिएको भन्दा बढी पैसा उठाएकोले विवाद हुँदा।जिल्ला प्रहरी कार्यालयले तिनै जना लाई उठाएर एक राती थुनेर पैसा लेन्देन गरेर छोडिएको सूचना यस् Mdheshviews लाई प्राप्त भएको छ।बारा जिल्लामा तसकरी समेत निर्बाध रूपमा चलेको छ।आम नागरिकले बिरोध गरिरहेको बिपरित प्रायः चौकीहरुमा चोरीको मोटरसाइकल प्रयोग इन्चार्जहरुले गरिरहेका छ।आम नागरिक लाई कानुनको दायरामा लाउने प्रहरी सोयम चोरीको गाडी प्रयोग गरिरहेको कारण बारा प्रहरी नागरिकको मनजितन सकिरहेको छैन।प्रहरी चौकी खजानी,प्रहरी चौकी शिक्षा नगर,प्रहरी चौकी कचोरवा सबैले चोरीको मोटरसाइकल प्रयोग गरिरहेका छन् विभिन्न तरिकाले बारा प्रहरी लाई आम नागरिकले मनपराउ छोडेका छन् ।जिल्ला प्रहरी कार्यालय अहिले निकम्मा बनेको छ।