२०८०/०६/०१ पर्सा
प्रहरी चौकी इनर्वा बिरगंज बाट खटेको गस्ती टोलीले भारत बाट लुकाइछिपाइ लाएको प्रतिबन्धित बोइलर कुखुरा १४ वटा अन्दाजी ३० किलो बरामद गरि कानुनी रित्त पुर्याइ खाल्डो खनी उक्त बरामद कुखुरा गाडिएको छ।विभिन्न मिति र समयमा अबैध समान धमाधम पक्राउ गरि भन्सार कार्यालय बुझाउदै आएको इनर्वा प्रहरी अहिले तस्करी रोक्न एकदमै कडाइका साथ लागिपरेको कुरा विभिन्न मिति र समयमा बरामद गरिएको समानले पुष्टि गर्दछ।प्रहरी चौकी इनर्वाको इन्चार्जको रूपमा वरिष्ठ प्रहरी नायब निरीक्षक सन्तोष के सि आए देखि उक्त एरियाको विभिन्न ठाउहरुमा प्रहरी परिचालन गरि आम नागरिक,यात्रु अन्य ब्यक्तीहरु लाई शान्ति सुरक्षा दिनुको साथै अबैध क्रियाकलाप रोकिएको छ।उक्त एरियामा आम नागरिक लाई प्रहरीले आवश्यक परेकाको बेला अर्थात कुनै घटना घटेको वा घटना लागेको सूचना पाउन साथ प्रहरी छिटोभन्दा छिटो पुगने गरेको छ।भारत सग जोडिएको यो ठाउँ सुरक्षाको दृस्टिले धेरै संबेदनसिल ठाउँ हो।तर प्रहरीकै उच्च निगरानी तथा चौबीसै घण्टा डिउटिको कारण कुनै अप्रिय घटना घटेको छैन।प्रहरी चौकी इन्चार्ज सन्तोष के सि को प्रसंशा आम नागरिक गर्ने गरेका छन् नागरिक लाई आदर गरेर बोल्ने कानुनी रूपमा गर्नु पर्ने काम गर्ने थानेदार सग आम नागरिक हर्सित छन् प्रहरी चौकीमा काम विशेषले जाने सेवा ग्राहिलाइ छिटोछरितो काम गर्ने तथा समयमा रेस्पोन्स गर्ने प्रहरी चौकी इनर्वाको खुलेर आम नागरिक प्रसंशा गरिरहेका कुरा कतिपय कुराले देखाएको छ।मुसकान सहितको सेवा प्रदान गरिरहेका प्रहरी चौकी इनर्वाको इन्चार्ज के सि नागरिक तथा आगन्तुकको तर्फबाट धन्यवादको पात्र बनेका छन्।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy