बिरगंज-रक्सौल मितेरी पुलमा भारतीय सिमासुरक्षा बल एसएसबिले राख्यो चेकपोस्ट

  |

असोज २०८०/०६/०३ उदेश पाण्डे
पर्सा-बिरगंजबाट नेपाल भारत आउजाउ गर्नेका लागि बाटोमा चेकपोस्ट थपिएको छ।नेपाल -भारत सिमानाको मितेरी पुलमा बुधबारदेखि भारतीय सिमा सुरक्षा बल (एसएसबि) ले जाच थालेको छ।
यसअघि एसएसबिको टोलिले भारतीय भन्सार कटेपछी रक्सौल बजारमा जाँच गर्ने गरेको थियोे ।केन्द्रबाट नै भन्सार अगाडि जाँच गर्ने आदेश आएको एसएसबिले जनाएको छ।मितेरी पुलमा तैनाथ एसएसबिका रामप्रसादले केन्द्रको आदेशमा ईन्डिया कस्ट्म अगाडि चेकपोस्ट बनाइएको बताए
चेकपोस्ट अस्थायी रहने वा स्थाइ भन्ने निर्देशन प्रष्ट छैन।उनले भने हालको लागि चेकजाच मात्र गर्न निर्देशन आएको छ।भारत भित्रिने सबैजनाको जाच नगरी शकासपद ब्यतिको मात्रै जाँच गर्ने गरिएको उनको भनाइ छ।गैरकानुनी गतिविधिमा निगरानी बढाउने उदेश्यले चेकपोस्ट राखिएको उनले बताए।खुला सिमानाका कारण पछिल्लो समय तेस्रो मुलुकका नागरिक नेपाल हुदै भारत प्रवेश गर्न थालेपछि निगरानी बढाइएको एसएसबिले जनाएको छ।
पहिलो पटक मितेरी पुलमा एसएसबि जाच गर्न थालेपछि नेपाली सुरक्षाकर्मीले स्थलगत अनुगमन गरेको थियो बिरगंज नाकामा रहेको सशस्त्र प्रहरी प्रहरीको सिमा सुरक्षा गुल्मका स प्र ना उ देबेन्द्र सिहले एसएसबिले चाडपरप लक्षित सुरक्षा योजना अन्तर्गत पहिले भन्दा बढी निगरानी बढाएको बताए ।मितेरी पुल दुबै देशको भुमि र दश्गजामा अवस्थित छ।