जनमुखी सेवा प्रदान गर्दै बारा प्रहरी प्रमुख दुबै हत्याको अभियुक्त बारा प्रहरीको फान्दामा

  |

असोज ०६/१६ उदेध पाण्डे
जिल्ला प्रहरी कार्यालयको प्रमुखको रूपमा प्रहरी उपरीक्षक सुरेश काफ्ले आए देखि जिल्ला प्रहरी कार्यालयमा व्यापक सुधार भएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालयमा नागरिक सेवाग्राहीको रूपमा जादा होस वा जाहेरी दिन जादा होस अहिले प्रहरीले देखाएको तदारुकताको एक मात्रै कारण हो प्रहरी उपरीक्षकको कडा आदेश नागरिकको शान्ति सुरक्षा तथा नागरिकले जिल्ला प्रहरी कार्यालय बाट पाउने सेवामा एक मिनेट ढिलाइ नगरी सेवाग्राही लाई सेवा दिने काम प्र उ को प्रष्ट आदेश पछि जिल्ला प्रहरी कार्यालयमा त्यो कार्य देखिएको छ।
यस् भन्दा पहिला उजुरी जिल्लाको मुद्दा शाखामा,महिला सेलमा सेवाग्राहीले सेवा लिनको लागि महिनौं महिना कुर्नुपर्ने अवस्था थियो।सानो सानो कामको लागि ग्रामीण भेग बाट सदरमुकाम आउनु पर्ने बाध्यता हुन्थ्यो तर अहिले नागरिक लाई मैत्रीपुर्ण भएर बारा प्रहरीले सेवा दिने कार्य सुरु गरेको छ।
प्रत्येक फाटमा नागरिकको काम छिटोभन्दा छिटो गर्ने निर्देशन प्रहरी उपरीक्षकको छ।केही फाट वाला लाई परिवर्तन समेत गरिएको छ।

प्रहरी उपरीक्षक सुरेश काफले जिल्ला प्रहरी कार्यालय बाराको कमान्ड सम्भाल्न बितिकै दुई वटा घटना घटेको र उक्त घटनाको सफल अनुसन्धान गरि अभियुक्तलाई बारा प्रहरी समात्न सफल समेत भयो।बाराको घटना लाई प्रहरी उपरीक्षकले Evidence based investigation गरि पता लाएकोमा प्रहरी सग अहिले नागरिक हर्सित बनेका छन्
मिति २०८०/०६/०८ गते राति ००:३० बजेको समयमा जिल्ला बारा पचरौता नगरपालिका वडा नं.१ स्थित पिपरपाती बोडर नजिक जिल्ला बारा पचरौता नगरपालिका वडा नं.१ पिपरपाती बस्ने जंग बहादुर सिंहको छोरा बर्ष अं.३५ को अमरेश कुमार सिंहलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको ।थियो उक्त घटनाको अभियुक्तलाई बारा प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ।

पक्राउ परेका व्यक्तिहरुको विवरण :-
 जिल्ला बारा, पचरौता नगरपालिका वडा न. ०१ बस्ने अं. वर्ष ३५ को सामलाली भन्ने श्याम लाल महतो
 ऐ.ऐ बस्ने वर्ष ५६ को शम्भु साह कलवार
 भारत जिल्ला पुर्वि चम्पारण मोतिहारी ग्राम पञ्चायत झझरा बस्ने वर्ष २१ को राहुल साह कानु
त्यस्तै बाराको पचरौता नगरपालिका ६ स्थित लक्षमिनियामा असोज ९ मा अजित सिहको गोलि हानी हत्या भएको घटनाको समेत प्रहरीले मुख्य योजनाकार लाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ।अजित सिहको मृत्युमा निजको श्रीमतीको सलगन्ता रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।प्रहरीमा एउटा् भनाइ छ।Right Man right place मा भयो भने परिणाम देखिन्छ ठिक उस्तै यो काम बाट बारा प्रहरी प्रमुख चौतर्फी वाह वाही पाइरहेका छन् ।बारा भन्दा पहिला पनि प्र उ विभिन्न जिल्लामा कमान्ड गरिसके र साबित समेत गरेको काबिल प्रहरी अधिकृत काफ्ले बाराको कमान्ड पनि सफल रूपमा गरिरहेका देखिएको छ।