
असोज २०८०/०६/१८ गते
उदेश पाण्डे
जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी उपरीक्षक टेकु नन्द लिम्बु अहिले चौतर्फीक आलोचित भैरहेका छन् सिरहाको विभिन्न नाका बाट भित्रिएको तसकरीको अन्दाजी २/३ करोडको समान राजस्व कार्यालय इटहरीले समातेर लगदा सिरहा बाट तसकरी चलाइएको रहस्य खुलेको छ।यस् भन्दा पहिला पनि सिरहा जिप्रका मातहत पर्ने सिमा प्रहरी चौकी ठाडी प्याजको गाडीमा मिलोमतोमा तसकरी कपडा तथा अन्य समान छोडेको थियो। तर त्यो तसकरिको समान प्रहरी चेक पोइन्ट रातोमाटिले समातेको सूचना बाहिरिएको देखी जिल्ला प्रहरी कार्यालय सिरहाको प्र उ तनावमा परेका थिए ।
आफू जोगिन सिमा प्रहरी चौकी ठाडिका तत्कालीन प्र बरिस्ठ निरीक्षक पुरुसुतम सुबेदी लाई तत्काल जिम्मेवारी बाट हटाइएको थियो ।अहिले राजस्व कार्यालयले बरामद गरेको तसकरी समान पछि सशस्त्र प्रहरी बलका स प्र उ र स प्र ना उ लाई सोधपुछ सुरु भएको छ।तर जिल्ला प्रहरी कार्यालयका प्र उ लिम्बु लाई प्रहरी प्रधान कार्यालयले कुनै सोधपुछ गरेको छैन।उक्त तसकरिको ब्यापक समाचार मिडियामा आए पछि प्रदेश प्रहरी कार्यालयले डिएसपीको सयोजकतवमा छानबिन समिति बनाएर प्रहरी चौकी कचनारी र प्रहरी चौकी माडरको इन्चार्ज सग सोधपुछ सुरु गरेको छ।
यति ठुलो मात्रामा तसकरीको समान बरामद हुदा पनि सिरहाको प्रहरी प्रमुख एसपि लाई नतानिनु न प्रहरी प्रधान कार्यालय वा गृह मन्त्रालयले कुनै प्रकारको सोधपुछ नगरेकोमा नागरिक रुष्ट बनेका छन् ।प्रहरीमा मात्रै तलो दर्जा लाई कार्वाही हुने ठुलो लाई छुट प्रहरी चेन अफ कमान्डमा चल्ने सगठन हो।कानुनको नजरमा सबै नागरिक बराबर तर कुन पावरले गर्दा प्र उ टेकु नन्दन लिम्बू जोगिने गरेका छन् ।जिल्ला प्रहरी कार्यालय सिरहाको काम कार्वाही बाट आम नागरिक अर्थात सेवाग्राही खुश छैनन् ।जिल्ला प्रहरी कार्यालय भित्रको मुद्दा फाट,उजुरि,महिला सेलमा आउने सेवाग्राही लाई छिटोछरितो सेवा दिइएको छैन ।कुनै कामको लाई एसपिको प्रष्ट निर्देशन आउदैन।नाम नबताउने शर्तमा एक जना प्रहरीले भने कसरी यो जिल्ला चलिरहेको छ।बडो बिजोग छ।कार्यालय प्रमुखको रूपमा आए देखि शक्तिकेन्द्रको आशिर्वादको कारण मात्रै एसपि लिम्बु टिकेका छन् ।प्र उ को कार्य सम्पादन एकदम कम्जोर रहेको छ।शान्ति सुरक्षा दिनुपर्ने प्रहरी अहिले सिरहामा खासै काम गर्न सकेका छैनन् ।तल्लो दर्जाको प्रहरी लाई समान्री समान्री कामम कार्वाही गर्ने।माथिल्लो तहका प्रहरी लाई गल्ती हुदाहुदै पनि जोगाइएको रहस्य खुलेको छ।अहिले गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय किन मौन बसेको छ।किन जोगाइदै छ।तसकरी आरोप लागेको एसपी लाई के सिनियर कर्मचारी लाई प्रहरी एन कानुन लागदैन।