गृहमन्त्री लाई ढाट्दै सिरहा एसपी कार्वाही गर्नुको सट्टा जोगाइदै छ

  |

असोज २५ गते
उदेश पाण्डे
नेपाल सरकार भ्रष्टाचार बिरोधको अभियानमा लगेको छ।अहिले प्रायः गलत गर्ने नेता,कर्मचारी माथि कार्वाही भैरहेको छ। हालको गृहमन्त्री नारायण काजी श्रेष्ठको प्रसंशा नागरिक स्तरमा भैरहेको छ।गृहमन्त्रीको रूपमा नारायण काजी आए देखि प्रहरीको सरुवा बढुवामा समेत राम्रो सुधार आएको छ।नेपाल प्रहरीमा एउटा निति नियम समेत बनेको छ।तर त्यही नीति नियम लाई बेवास्ता गरि जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी टेकु नन्दन लिम्बु गैर जिम्मेवारी ढंग बाट जिल्ला चलाउदै छ्न।निज माथि तसकरीको गम्भीर आरोप लागेको छ।
सिरहामा तसकरी चलाएको विभिन्न माध्यम बाट प्रष्ट हुन्छ।अहिले सिरहा बाट ३ देखि ४ करोडको मालसमान इटहरी राजस्व कार्यालयले समातदा तसकरीको ठुलो पोल खुलेको छ।सिमाना बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा ठुलो मात्रामा तसकरी भएको र व्यापक गुनासो विभिन्न सम्बन्धित निकायमा समेत पुगेको छ।धेरै मात्रामा तसकरीको समान पक्राउ पछि सशस्त्र प्रहरीले आफ्नो जिल्ला प्रमुख र उक्त सिमाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक लाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा तानेर उक्त ठाउँमा नाया कमान्डर पठाइएको छ। तर नेपाल प्रहरीका प्रहरी उपरीक्षक लाई कुनै प्रकारको कार्वाही गरिएको छैन ।नाइ अहिलेसम्म हटाइएको छ
यति ठुलो मात्रामा भएको तसकरीमा समेत प्रहरी उपरीक्षक लाई नतानिएको कारण धेरै प्रश्न गृहमन्त्री र आइजी माथी उपजिएको छ।अहिले गृहमन्त्रीले कडाइ गर्नु भएको तसकरी माथि जिल्ला प्रहरी कार्यालय सिरहाले कुनै तदारुकता नदेखाएको अवस्थामा समेत शक्ति केन्द्रको आशिर्वादको कारण त्याहाको इन्चार्ज प्र उ लाई जिम्मेवारी बाट नहटाइएको कारण नैतिक प्रश्न खडा भएको छ।
प्रहरी सगठन चैन अफ कमान्डमा चल्ने हो पारदर्शिता जवाफ्देहिता हुनुपर्छ तर सिरहा प्रहरीमा त्यो केहि छैन तलो दर्जाको प्रहरी लाई कार्वाही गरेर देखाउने प्रहरीका हाकिम आफ्नो ठुलो दर्जा लाई कार्वाही नगर्दा धेरै प्रहरीमा निराशको सथिती छाएको छ।प्रहरी प्रमुखको रुपमा बसन्त बहादुर कुवर आए देखि प्रहरी सगठनमा पहिलाको तुलनामा केही सुधार देखिएको छ।तर अहिले आएर सीनियर प्रहरीले गल्ती गर्दा कार्वाही नभएको देखेर सगठनमा नकारात्मक प्रभाव परेको छ।
आखिर कस्ले जोगाउदै छ सिरहाको एसपी लाई।यति बद्नाम भएको अधिकृत लाई यसैगरी जोगाइयो भने प्रहरीमा गैर क्रियाकलाप हाबी हुने सम्भावना रहन्छ।अन्य प्रहरी लाई कार्वाही गर्ने प्रहरी महानिरीक्षक सिरहा प्रहरी प्रमुख लिम्बु लाई आखिर किन कार्वाही गर्न वा जिम्मेवारी बाट हटाउन सकेका छैनन् प्रहरी प्रधान कार्यालयमा समेत यो चर्चाको विषय बनेको छ।नाम नबताउने शर्तमा एक जना अधिकृत भने सिरहाको एसपी लाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर राई तथा अख्तियार प्रमुख प्रेम राई सग नजिकी छ।त्यही कारण जोगाइएको छ।त्यस पछि हाम्रो मिडियाले अन्य सुचना पता लाउन तर्फ लागदा सिरहाको तसकरीमा केही ठुलो घरानाको मान्छेहरु समेत रहेको कारण प्रहरी उपरीक्षक लाई कुनै किसिमको कार्वाही गरिएको छैन ।जिल्ला प्रहरी कार्यालय सिरहाको सूचना अधिकारी सग सूचना मागदा आल्टाल गर्ने ।यस् मदेश्भिउज अन्लाईनले सिरहा जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी सग सिमा चौकीमा कार्यरत जुनियर प्रहरी अधिकृतको नाम दर्जा।मातहतका सम्पर्क नम्बर अहिलेसम्म दिएका छैनन् ।दलको नेताकार्यकर्ता लाई रिझाउन दिनभरी एसपी नागरिकको काम भन्दा पनि नेता रिझाउन ब्यस्त