
उदेश पाण्डे पर्सा,
असोज ३० गते। सिरहा अहिले तस्करीको अखड़ा बन्दै गएको छ । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक(एसपी) टेकुनन्दईबा लिम्बुले तस्करलाई संरक्षण दिदै आएको रहस्य खुलेको छ। पछिल्लो समय प्रहरी संगठनलाई समेत बदनाम गराएका प्रहरी सहायक निरिक्षक (असई ) दुर्गा यादवलाई जिल्ला घुमुवाको रुपमा परिचालन गरी जिल्लाका नामुद तस्करहरु सँग मोटो रकम उसुली गर्दै गरेको रहस्य बहिरिएको हो ।
यी बदनाम घुमुवा तीनै ब्यक्ति हुन जो सिरहाको सीमावर्ती खिरौना प्रहरी चौकीका इन्चार्ज थिए । जसले एसपी लिम्बुकै संरक्षणमा सीमावर्ती खुल्ला नाकाबाट तस्करी गराउदै गरेको अवस्थामा राजस्व अनुसन्धान कार्यालय इटहरीले उनी ईन्चार्ज रहेको प्रहरी चौकी खिरौना देखि करीब दुई सय मिटरको दुरीमा अवैध कपड़ाहरु बरामद गरेको थियो । उक्त टोलीले असोज १३ गते पचास लाख मूल्य बराबरको अवैध कपड़ा सिरहा नगरपालिका–१५ को सीमावर्ती सुखचैना गाउँस्थित चन्द्रनारायण यादव आधारभूत विद्यालय परिसर भित्र पिकअपमा लोड गर्दै गरेको अवस्थामा र बगैँचाबाट लुकाएर राखेको लत्ताकपडा बरामद गरेको थियो।
त्यसको भोलिपल्टै असोज १४ गते राजस्व अनुसन्धान कार्यालय इटहरीकै टोलीले लत्ताकपडा सहितको ट्रक नियन्त्रणमा लियो। आइतवार दिउँसो असई यादवकै एरिया अन्तर्गत सल्हेश मार्ग हुँदै चोहर्वातर्फ जाँदै गरेको भन्सार छलीका अवैध कपड़ा सहित प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।
राजस्वको टोलीले तेश्रो दिनसमेत छापा हानी अवैध कपडा बरामद गर्यो । असोज १५ गते सोमबार सिरहा नगरपालिका–१५ सुखचैना स्थितप्रहरी चौकी खिरौनाबाट करीब दुई सय मिटरको दुरीबाट अवैध कपडा बरामद गर्यो । भन्सार छलेर भारतबाट ल्याएको करिब ३२ लाख मूल्य बराबरको १६ गाँठ लत्ताकपडा बरामद गरिएको थियो ।
लगत्तै असोज १६ गते मंगलबार विहान राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल सिरहाले संयुक्त रुपमा सिरहा नगरपालिका–१८ तारापट्टी टोलबाट लुकाई राखेको करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ७८ पोका लत्ताकपडा बरामद गर्यो ।यस अघि मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको थियो । त्यहाँबाट समेत अवैध लत्ताकपडा बरामद भयो ।राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट मात्रै करिव दुई करोड बढीको भन्सार छलेर ल्याएको लत्ताकपडा एक साता भित्र बरामद गरेको राजश्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिएका छन् ।
उक्त कपडा तस्करीमा असई यादवको संलग्नता देखिए पछि उनी सहित आठ जना प्रहरीलाई कारबाहीका लागि जिल्ला तनेको थियो। उनलाई कारबाही गर्नुको साटो अहिले उनलाई जिल्लाको घुमुवामा प्रचालन गरी सीमावर्तीका तस्करहरु सँग पैसा उसुल्न सीमावर्तीमा एसपी लिम्बुले परिचालन गरेको हो।
नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षकको बसन्त बहादुर कुँवरको नाममा समेत एसपी लिम्बुले तस्कर सँग बुझ्नछन् महिनाको लाखौ रकम
बदनाम भएतापनी सिराहाका जिम्बेवारीमा रहेको एसपी लिम्बुले सिरहाका नामुद तस्कर रामएकवाल दास र गोपाल राय कुर्मी सँग महिनाको ६ -६ लाख रकम बुझ्ने गरेको स्रोतको दावी छ। जस मध्ये प्रहरी प्रमुख कुँवरलाई महिनाको २ लाख र मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक जनक भटराईलाई महिना २ लाख ५० हजार बुझाउदै गरेको र यसरी उनले विभिन्न तस्करहरु सँग सिरहाबाट महिनाको १० लाख बढ़ी रकम लिने गरेको स्रोतको दावी छ।
उता, चोरी तस्करी गरि ल्याइएको करोडौंको सामान धमाधम राजश्वले बरामद गरेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहा सशस्त्र प्रहरी उपरिक्षक (एसपी) प्रमोद कुमार भारती र जिल्ला भन्सार कार्यालय माड़र खैरटोका सुरक्षा गुल्म सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक (डीएसपी) रामहरी खड्काको तस्करीमा संलग्नता रहेको पुष्टि गर्दै उनी द्वयलाई जिम्मेबारीबाट हटाई कारबाहीका हेडक्वार्टर तानी सकेको छ। तर तस्करलाई मुख्य रुपमा संरक्षण गर्ने र तस्करीको सबै लाईन मिलाउने एसपी लिम्बुलाई कुनै पनि कारवाही नहुनुले जनमानसमा संसय फैलीएको छ।
झारो टार्न डीआईजीको छानवीन, छानवीन प्रतिवेदन कागजमै सिमित
सिरहामा राजश्व अनुसन्धान कार्यालय ईटहरीले चोरी तस्करीका करोडौंको सामान धमाधम बरामद गर्न थाले पछि झारो टार्नलाई प्रहरी नायब उपरिक्षक (डीएसपी) बिरेन्द्र पासवानको कमाण्डमा छानवीन टोली सिरहा पठाईयो।तर छानवीन गरी लगिएको प्रतिवेदन कागजमै सिमित छ। छानवीन सकेको दुई साता बित्न लागे पनि छानवीन प्रतिवेदन सार्वजनिक नगर्नुले मधेश प्रदेशका डीआईजी जनक भटराईको समेत तस्करी लाईन बापतको रकम लिने गरेको संलग्नतामा पुष्टि हुन्छ।
एसपी लिम्बुलाई जोगाउन आईजीपीले केन्द्रीय छानवीन टोली सिरहा पठाउनमा लगाए रोक
नेपाल प्रहरी प्रमुख प्रहरी महानिरिक्षक (आईजीप) बसन्त बहादुर कुँवरले तस्करीमा मुछिएका सिरहाका एसपी टेकुनन्दईबा लिम्बुलाई जोगाउन एसएसपीको कमाण्डमा गठन गरिएको छानवीन टोलीलाई सिरहा जान रोक लगाएको स्रोतको दावी छ । स्रोतका अनुसार छानवीन टोलीले तस्करीमा संलग्नता रहेको एसपी उपर छानवीन गर्दा आफु समेत फस्ने डरले हिड्न लागेको छानवीन टोलीलाई रोक लगाएको हो।सिरहाको बारेमा यस् मिडियाले केन्द्रीय प्रहरी प्रवक्ता सग सोध्दा म बाहिर छु।भनेर पन्छिनु भयो ।