
१४ कार्तिक २०८० मगलबार
पर्सा। सरकारले दशैको अन्तिम समयमा सुपारी,केराउ र मरिचको आयात गुपचुपमा खुलाएको छ।श्रीराम गुट्खा उधोगमा कमलकिशोर मालपानी,बिराटनगरका उधोगी दिनेश राठिको तथा बिरगंजका केहि ठूलो ब्यपारीको सहयोग र सलग्न्तामा सरकारले चलु आर्थिक वर्षका लागी सुपारी,केराउ र मरिचको आयात खुलाएको हो।
सुपारी आयात खुलाउन ठुलो आर्थिक चलखेल भएको छ,यसमा ठुलो गिरोह सलग्न छ।केहि दिन अघि गुपचुप रूपमा सुपारी आयात खुला गर्ने निर्णय भएको थियो।तर त्यो सूचनालाई राजपत्रमा प्रकाशित गरिएको थिएन ।गत शुक्रबार दशै बिदाको छेको पारेर राजपत्रमा सुचारु प्रकाशित भएको छ।
मन्त्रीपरिषदको बैठकले औधोगिक प्रयोजनका लागि खुला गर्ने निर्णय बमोजिम शुक्रबार राजपत्रमा प्रकाशन गरिएको हो।दुई वर्षअघि औद्योगिक प्रयोजनमा के कसरी आयात दिने भने कार्यबिधी बनाइएको थियो ।त्यसलाई नै आधार मान्ने गरि आयात खुलाइएको सरकारको दाबी छ।
शुक्रबार उद्योग मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आयात खुलाएको स्रोतले जनाएको छ । सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा १ बमोजिम यी वस्तुलाई प्रतिबन्ध लगाइएको थियो ।
सोही ऐनको खण्ड ७२, अतिरिक्ताङ्क ३६, मिति २०७९।०५।२१ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकामा सोही दफाको उपदफा २ ले दिएको अधिकार प्रयोग गरी ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’ लाई निरन्तरता दिइएको राजपत्रमा उल्लेख छ ।
यस व्यवस्थाअनुसार आर्थिक वर्ष २०८०÷८१ का लागि औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थको रुपमा केराउ , सुपारी र मरिच सेतो कालो दुबै पैठारी गर्न अनुमति दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको राजपत्रमा भनिएको छ ।
तेस्रो मुलुकबाट सुपारी आयातमा ठूलो परिणाममा विदेशी मुद्रा बिदेसिन्छ । नेपाली उद्योगका लागि भनेर सरकारले आयात खोलेपनि अवैध रूपमा ठूलो परिमाणमा सुपारी भारततर्फ निकासी हुने गरेको छ । सुपारी निकासीमा अर्बौं रूपैयाँको चलखेल हुने भएकाले सुपारी व्यापारीको सेटिङमा सरकारले आयात खुला गरेको हो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले यसअघि नै सुपारीलगायत वस्तु आयात खुला गर्ने निर्णय गरेको थियो । त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी आयात खुला गरेर नेपाली सुपारीलाई प्रतिस्थापन गर्ने र विदेशी सुपारी आयात गरी भारततर्फ तस्करी गर्न सहज बनाएको थियो ।
नेपालमा हरेक वर्ष १२ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको तथा त्यो सुपारी पनि नेपालका उद्योगीहरूले राम्रो मूल्य नदिएका कारण बिक्री नहुने अवस्थाकै बीचमा सरकारले २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिएको छ । नेपालको उद्योगमा १२ सय टन पनि खपत नहुने सुपारी कुन प्रयोजनका लागि आयात खुला गरिएको हो भन्नेबारेमा सरकारले एकिन जवाफ दिन सकेको छैन ।
अहिले पनि त्यो अन्योलमै रहेको छ । डा. आरजु देउवा कृषि समितिको सभापति हुने वित्तिकै सुपारी आयात खुलाउनुपर्ने धारणा सार्वजनिक गरेकी थिइन ।