अपराध नियन्त्रणमा असफल बन्दै बारा प्रहरी!दर्जनौं घुमुवा परिचालित उपलब्धि शुन्य

  |

२०८०/०७/२४ गते।
उदेश पाण्डे
पर्सा। जिल्ला प्रहरी कार्यालय बारा अपराध नियन्त्रण गर्नमा असफल देखिएको छ।बाराको सदरमुकाम कलैयामा दिउसै एक जना प्राचार्य लाई गोलि हानी हत्या तथा त्यस भन्दा पहिला एक जना भुपु सशस्त्र प्रहरीको हत्या भएको थियो।गम्भीर प्रकारको घटना बारामा बारम्बार घटेको भए तापनि प्रहरीको फितलो अनुसन्धानले गर्दा मुख्य अपराधी सम्म प्रहरी पुग्न असफल भएको छ।त्यसतै जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गतको वार्ड नम्बर ६ घुसुकपुर जाने बाटोमा २०८०/०७/१० गते एक जना महिलाको लास फेला परेको थियो तर अहिलेसम्म प्रहरीले उक्त लासको बारेमा सफल अनुसन्धान गर्न सकेको छैन ।यो विभिन्न घट्नाक्रम नियालेर हेर्दा बारा प्रहरीले अपराध रोक्न असफल भएतथापि प्रहरी उपरीक्षक सुरेश काफले आफ्नो मातहतका प्रहरी कर्मचारी लाई चुस्त दुरुस्त एवम् अनुशासनमा राख्न सकेका छैनन् ।
बारा जिल्ला प्रहरी कार्यालय मातहतका युनिटहरुमा प्रहरी गैर क्रियाकलाप गर्दै आइरहेका छन् तर आफ्नो मातहतका प्रहरी लाई कन्ट्रोल गर्न नसकेको एउटा घटनाले पुष्टि गर्द छ।ईलाका प्रहरी कार्यालय जितपुरमा एक जना प्रहरी हवल्दार घुस काण्डमा निलम्बनमा परेका तथा बारा जिल्लाको प्रहरी चौकी कचोर्वामा आम नागरिकले तस्करीको समान समातेर प्रहरी चौकी इन्चार्ज प्र स नि अमृत यादव लाई बुझाएका थिए ।
सिमा प्रहरी चौकी छातवामा प्रहरीले पक्राउ गरेको धान नागरिकले लुटपाट गरेको यस्तो यस्तो घटना बारामा बारम्बार घटी रहेको भए तापनि बारा एसपी आफ्नो प्रहरी कर्मचारी लाई अनुसाशित राख्न असफल भएकोमा देखेर आम नागरिक बारा प्रहरी बाट निराश भएको एक जना स्थानीयले बताउछन्
जिल्ला प्रहरी कार्यालय बाराको एसपी केही प्रहरी लाई नियमविपरीत घरपाइ राखेको तथा दर्जनौं घुमुवा राखेको भएतापनि अपराध अनुसन्धानमा कुनै सफलता देखिएको छैन ।
जिल्ला प्रहरी कार्यालय बाराको हरेक युनिटमा सादा पोसाकका घुमुवा परिचालित छन।नाम नबताउने शर्तमा एक जना प्रहरी अधिकृतले भने समय पुगेका बरिस्ठ प्रहरी नायब निरीक्षक तथा केही चौकी इन्चार्जको अदलीबदली गर्न समेत समय पुगेको भए पनि प्र उ ले गर्न सकेका छैनन् ।नागरिकको बढी गुनासो तथा कामलागने फाटहरुमा समेत दक्ष प्रहरी राखिएको छैन ।
बारा जिल्ला अहिले अशान्त भएको छ।नागरिक डराएको अवस्था छ।प्रहरीको मुख काम शान्ति,सुरक्षा दिनुपर्ने हो तर बारा प्रहरी प्रमुख काम भन्दा बढी प्रचारप्रसारमा रमाउने गरेको देखिन्छ एसपीको बिरोध ठाउँ ठाउँमा हुने गरेको बुझिन्छ।बारा प्रहरी प्रमुख सुरेश काफ्ले लाई भारतीय नागरिक समेत पुतला दहन तथा बिरोधमा नाराबाजी गरेको एक भिडियो बाट प्रष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय बाट दर्जनौंको सखयामा सादा पोसाकको प्रहरीको कार्य माथि प्रश्न चिन्ह उठन थालेको छ।तराईमा सादा पोसाकको घुमुवा बिभागिय नीति निर्देशको बिपरित कार्य गर्नेमा परिचीत छन् त्यही देखेर हाल्का प्रहरी महानिरीक्षक तराई बाट सबै घुमुवा लाई पहाड पठाएको केहि दिन नबितदै बारामा घुमुवा बिगबिगी भएको छ।महिला सेलको बारेमा पनि पटकपटक नागरिक बाट गुनासो हुँदा कुनै सुनुवाइ नभएको एक जना सेवाग्राहीले यस् मिडियाला जानकारी दिएका छन्
बारा जिल्लामा भारतीय सिमाना सग जोडिएको १४ वटा प्रहरी युनिट छ।यो सबै ठाउँमा जानकार तथा अनुभवी प्रहरी इन्चार्ज खटाएको भएको केहि घटना पता समेत लागेको हुन्थ्यो ।