
०३ आइतबार २०८०
उदेश पाण्डे
पर्सा!एकदिवसीय विश्वकप फाइनल खेलमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ । अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर आयोजक राष्ट्र भारतका कप्तान रोहित शर्मालाई पहिले ब्याटिङ गर्न निम्तो दिएका हुन्
नेपाली समयअनुसार आइतबार सवा २ बजे सुरु खेलमा भारतले पहिले ब्याटिङ गर्दैछ । भारत र अष्ट्रेलियाले सेमिफाइनलमा खेलेकै टिमलाई फाइन खेलका लागि मैदानमा उतारेको छ ।
भारत न्यूजिल्यान्डलाई पराजित गरेर फाइलन पुगेको थियो भने अष्ट्रेलिय दक्षिण अफ्रिकालाई हराएर फाइनलमा पुगेको हो । अष्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकप जितेको छ भने भारतले दुई पटक विश्वकप जितेको इतिहास छ ।
अहमदावादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा विश्वकप फाइनल खेल भइरहेको हो ।