लागु औसध नियन्त्रण ब्युरो,कोटेश्वरको हवल्दार बने Best Police Of The Month

  |

२०८०/०८/०७ गते
उदेश पाण्डे
काठमाडौ – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी बरिस्ठ हवल्दार नवराज घिसिङ BEST POLICE OF MONTHS घोषित भएका छन्। कार्तिक महिनाको लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले सबैभन्दा राम्रो काम गरेको भन्दै सर्बोकृष्ट प्रहरी घोषणा गर्दै best police of months को उपाधिबाट सम्मानित गरेको हो।उत्त ब्यूरोले स्थापना काल देखि नै लागूऔषध अपराध नियन्त्रण अनुसन्धान ,रोकथाम ,र कानुनी कार्बाही गर्ने कार्यमा आफ्नो भुमिका निर्बाह गर्दै आईरहेको छ ।निकै अबल, ईमान्दार ,चतुर शैलीबाट अपराध अनुसन्धान गर्ने क्षमता भएका घिसिङ सफल अनुसन्धान गर्ने प्रहरी समेत हुन् ।बिगत लामो समय देखि लागूऔषध अपराध अनुसन्धानको क्षेत्रमा सफल अनुसन्धान गर्न रूचि राख्ने घिसिङले बिभिन्न समयमा लागूऔषध कारोबारले पेट भित्र खाएर ल्याउने हेरोईन को क्याप्सुल ,सुटकेस भित्र फल्स बटम प्रयोग गरि भित्राईने कोकिन ,सेतो हेरोईन ,यावा ,Lsd जस्तो महङ्गो लागूऔषध समेत पक्राउ गर्नु को साथै नेपालबाट थाईल्याण्ड, हङकङमा लागूऔषध पठाउने गिरोहहरू समेतलाई सफल अनुसन्धान गरि कानुनी दायरामा ल्याउन मूख्य भुमिका निर्बाह गर्ने अब्बल प्रहरी हुन् २०७९ सालमा नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयले ५१ किलो लागूऔषध हेरोईन सहित बिदेशी नागरिकहरू पक्राउ गर्नु सफल अनुसन्धान गरेको भनि घिसिङलाई एक तह बिशेष बढुवा समेत दिएको थियो।