बुधबार ११,२०८०
उदेश पाण्डे
सशस्त्र प्रहरी कार्य तालीम शिक्षालय बरमझिया सप्तरीको समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक सगठनको निति बिपरित घुमुवा राखदै आइरहेको खबर यस् मदेश भिउज लाई प्राप्त भएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले शन्यू घुमुवा गरेको निति बिपरित सप्रब दिग बिजय सुवेदीले गणमा कार्यरत सप्रह दिगम्बर पुरी लाई सादा पोसाकमा खटाउने गरेको पाइएको छ।सप्तरीको हरेक नाका तथा कारोबारी सग प्रत्यकक्ष रूपमा भेटेर सहाय हवल्दार दिगम्बर पुरी लाइनमा सघाउने गरेको पाइएको छ।सशस्त्र प्रहरी ट्रेनिङ सेन्टरको काम प्रशिक्षण दिने अनुशासनमा राखने तथा समय अनुसारको सूचना प्राविधिको शिक्षण दिई दक्ष जनशक्ति उत्पादन गर्ने हो।तर सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक दिग बिजय सुवेदी आर्थिक लाभको लागि विभिन्न बहाना बनाइ घुमुवा खटाउने गरेको पाइएको छ।
तत्कालीन सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक सगठनमा कम्जोर कमान्ड भएको अधिकृतको रूपमा परिचीत छन् बारा जिल्लामा एसपी हुँदा असुली धन्दा तथा कोभिडको बेला भारतीय मजदुरहरुलाइ आर्थिक लाभ लिइ अबैध तरिकाले सिमानामा प्रवेश गराइ कारखाना सम्म पुर्याउने काम गरेको कारण कार्यकाल नपुग्दै तानिएको थियो
सशस्त्र प्रहरी कार्यालय हलचौकमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी तथा सशस्त्र प्रहरी कार्य तालीम शिक्षालय बरमझियाको सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक तथा सशस्त्र प्रहरी प्रधान कार्यालयको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी सुदिप रेग्मी मिलेर सप्तरी तथा सिरहा जिल्लामा सहाय हवल्दार दिगम्बर पुरी लाई खटाएर सशस्त्र प्रहरी प्रधान कार्यालयको उच्च तहको हाकिमको नाममा समेत पैसा मागेको तथा सशस्त्र प्रहरी प्रधान कार्यालय बाट बेला बेलामा आउने अनुगमनको नाममा समेत तस्कर सग मिलाइदिन्छु भनेर सहाय हवल्दार पुरी ब्यपारी सग आर्थिक लाभ लिइरहेको पाइएको छ।
शिक्षालयमा कार्यरत ३०० जना सशस्त्र प्रहरी कार्यरत रहेकोमा २०० जना लाई आउट दिएर पैसा कमाउने तथा तालिमकेन्द्रमा रहेको कोट्मास्टर तथा केन्टिग बाट आर्थिक लाभ लिन लाई एसएसपि धम्की समेत दिइरहेको खबर प्राप्त भएको छ।सशस्त्र प्रहरीको तालिम केन्द्र जस्तो पबित्र ठाउँमा यस्तो हर्कट गर्ने समादेश लाई तुरुन्तै जिम्मेवारी बाट हटाउनु राम्रो नाम नबताउने शर्तमा एक जना उच्च अधिकृतले यस् मिडियालाई भने
हाम्रो मिडियाले यस् विषयमा तालिम केन्द्रको प्रमुख एसएसपि सुवेदी सग बुझदा प्रष्ट तथा चित बुझदो जवाफ् थिएन ।
सशस्त्र प्रहरी अहिले नागरिकको अपेक्षा अनुसार बिपत्ति तथा आवश्यक परेको बेला सशस्त्र प्रहरी नागरिकको जिवधनको सुरक्षा सिमा सुरक्षा गरेर चौतर्फीक रुपैया प्रसंशाको पात्र बनेको बेला यस्तो यस्तो अधिकृतको कारण बद्नाम हुनेगरेको छ् ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy