बुधबार ११,२०८०
उदेस पाण्डे
पर्सा !सशस्त्र प्रहरी बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किसन कर्मचार्यको निरन्तर कडाइ तथा चुस्त दुरुस्त डिउटीको फलस्वरूप पर्सामा अहिले धमाधम तस्करीको समान बरामद हुन्थालेको छ।सशस्त्र प्रहरी उपरीक्षक एसपी पर्सामा आएदेखि सिमानाकामा हुनेगरेको तस्करी रोक्न तदारुकताको साथ लागनुभएको छ।अहिले सशस्त्र प्रहरी विभिन्न मिति र समयमा तस्करीको भैंसी ,कपडा ,कुखुराको चला,अन्य अबैध समान धमाधम पक्राउ हुनथालेको छ।त्यसैगरी आज पुनः तस्करीको कपडा बरामद भएको छ
मिति २०८।०९।११ गते जिल्ला पर्सा वीरगंज म.न.पा.-२४ स्थित बहुअरीमा रहेको एक घरमा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याई लुकाई छिपाई राखिएको कपडा बिशेष सुराकिको आधारमा नं.१३ गण पर्सा र वीरगंज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले अं.मुल्य रु:- ५,८३,४५०।- कपडा बरामद गरि आवश्यक कारवाहीको लागि भंसार कार्यालयमा बुझाएको।खबर यस् मिडियालाई पर्सा गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी सगम श्रेष्ठले जानकारी दिए!।