डिआइजीहरुको सरुवा मधेस प्रदेश प्रहरी प्रमुखमा यज्ञ बिनोध पोखरेल

  |

२०८०/०९ २४ गते
उदेश पाण्डे
पर्सा !नेपाल सरकार ,गृह मन्त्रालय माननीय उपप्रधान मन्त्री एवम् गृहमन्त्रीस्तरको निर्णयले मिति २०८०/०९/२४ गतेको निर्णय अनुसार जनपद प्रहरी समुह तर्फ प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरिएको छ।
१६ जना प्रहरी नायब महानिरीक्षकहरुको सरुवामा मधेस प्रदेश प्रहरी कार्यालय जानकारमा यज्ञ बिनोध पोखरेल तथा कोशी प्रदेश प्रहरी कार्यालयमा चन्द्र कुबेर खापुग,बागमती प्रदेशमा बिष्णु के सि ,गण्डकी प्रदेशमा बिकाश राज खनाल ,लुम्बिनी प्रदेशमा कुबेर कठायत,कर्णाली प्रदेशमा लाल्मणी आचार्य ,सुदुरपश्चिम् कार्यालय धङढिमा रबिन्द्र के सि ,अख्तियर दुरुपयोगमा बुधिराज गुरुङ ,केन्द्रिय अनुसन्धानमा किरण राना,प्रहरी प्रधान कार्यालयमा राजेश बास्तोला,प्रहरी प्रधान कार्यालयमा भरत बोहरा ,प्रहरी महानिरीक्षकको सचिवालयमा भिम ढकाल ,मेट्रोमा दुर्गा सिह,प्रहरी प्रशिक्षण प्रतिस्ठानमा उमेश राज जोशी,प्रहरी प्रधान कार्यालयमा जनक भट्टराई को सरुवा गरिएको छ।