
१४ सोमबार २०८०
उदेस पाण्डे
पर्सा! नेपाल प्रहरी “सत्य सेवा सुरक्षणम” आदर्श वाक्य मुटुमा राखेर नागरिकको शान्ति सुरक्षामा दिनरात खटेका हुन्छन्।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा प्रहरी प्रमुखको रूपमा प्रहरी नायब महानिरीक्षक डिआइजी यज्ञ बिनोद पोखरेल आए पछि प्रहरी भित्र व्यापक सुधार आएको तथा सिमाना हुने गरेको तस्करी नियन्त्रणमा आएको छ।
डिआइजी पोखरेल प्रहरी भित्र एक असल तथा बोल्ड कमान्डरको रूपमा परिचीत छन् प्रायः कम बोल्ने काम धेरै गर्ने प्रहरी अधिकृतको रूपमा पोखरेल परिचीत छन् ।
मदेश प्रदेशको ८ वटै जिल्लाहरुमा प्रहरीले नागरिकको बढी भिड हुने फाट जस्तो महिला सेल,मुद्दा फाट,अनुचित लेनदेन यस्तोमा सेवाग्राहीलाई लाई दिनुपर्ने नियम कानुन सगतको कामहरुमा सेवा दिनुको साथै प्रहरी धेरै अनुशासित समेत देखिएको छ।
२ नम्बर प्रदेशमा डिआइजी पोखरेलको खुलेर बुद्धिजीवीहरुले प्रसंशा गर्न थालेको देखिएको छ।रौतहटको इसनाथ नगर पालिकामा मुर्ति सेलाउन क्रममा हिन्दु मुस्लिम बिबादामा डिआइजिको कमान्डमा ७०० प्रहरी परिचालन भइ शान्तिपूर्ण रूपमा मुर्ति सेलाउन प्रहरी आफ्नो राम्रो सग कर्तव्य निर्वाह गरे।
रौतहटमा मात्रै नभई अन्य ठाउँमा समेत प्रहरीको खुलेर त्यो बिबादा मिलाए बापत प्रहरीको चौतर्फीक प्रसंशा भयो
मधेस प्रदेशको प्रहरी प्रमुखको रूपमा डिआइजी पोखरेल आउन साथ पहिलो आदेश गरे प्रहरी कार्यालयमा आउने सेवाग्राही लाई दिने सेवा छिटोभन्दा छिटो होस।बोल्दा आदरका साथ बोलियोस।प्रहरीले नागरिक लाई दिने सेवामा कुनै प्रकारको बहाना तथा आल्टाल नहोस् ।
विभिन्न श्रोत बाट आएको उजुरीका सम्बन्धमा पनि प्रहरी सुक्ष्म अनुसन्धान गरेर एक जना प्रहरी हवल्दार र प्रहरी जवान माथी आपराधिक लाभ मुद्दा समेत चलाए।
प्रायः लो प्रोफाइमा बस्न रुचाउने डिआइजी पोखरेल नागरिकको नजरमा हिरो बनेका छन्
अहिले केहि दिन देखि मधेसमा हिन्दु मुस्लिम विवाद देखिए तथा ठाउँ ठाउँमा प्रहरीले आफ्नो जिम्मेवारी कर्तव्य निष्ठ भएर निर्वाह गरेको कारण नागरिक सुरक्षीत रहेको छ।
अहिलेको डिआइजी कमान्ड कन्ट्रोलमा अबल प्रहरी अधिकृतको रूपमा डिआजी पोखरले देखिएका छन्