उदेस पाण्डे,
पर्सा: दुई नम्बर प्रदेशमा आत्म हत्याको घटना बढेको पाइएको छ।मधेसको आठ ओटा जिल्लाहरुमा यहीँ वर्षको डाटाले देखाएको एक रिपोर्टको अनुसार मिति २०८० साल बैशाख महिना देखी २०८०/११/०८ माघ महिना भित्रमा मात्रै आत्म हत्या गरेर मधेसमा ६९८ जनाको मृत्यु भएको खबर मधेशभ्युज लाई खबर प्राप्त भएको छ।
आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ ।
अहिले हाम्रो समाजमा शिक्षाको प्रभाव बढे तैपनि मानिसलाई यस्ले शान्ति प्रदान गर्न सकेको छैन ।हरेक आत्म हत्याको पछाडि डिप्रेस्न मात्रै होइन अन्य कारणहरु पनि रहेको छ।जस्तो लभ,सामाजिक विभेद,आर्थिक अन्य गरि धेरै कारण यसको पछी छ।
मानसिक स्वास्थ्य भनेको मानवको अवधारणा हो जुन व्यक्तिको भावना, मनोविज्ञान र बौद्विक क्षमतासँग जोडिएको हुन्छ। जसको प्रयोगद्वारा व्यक्तिले दैनिक जीवनमा आइपर्ने शैक्षिक, सामाजिक, धार्मिक, आर्थिक आदि विषयवस्तु र विचारका आधारमा आफ्नो महत्व बुझ्ने गर्दछ। वास्तविकतालाई स्वीकार गर्दै जीवनमा आइपर्ने चुनौती सामना गर्दै जिम्मेवारी बहन गरिरहेको हुन्छ। आफ्नो आवश्यकतालाई पूरा गर्दै समाजसँग पनि जोडिँदै, सहकार्य गर्दै अघि बढ्न सक्ने व्यक्ति नै मानसिक रूपमा स्वस्थ व्यक्तिका रूपमा परिचित हुन्छ। यस्ता व्यक्ति जीवनसँग रमाउन सक्छन, अवस्थालाई व्यवस्थापन गर्न नेतृत्व लिने, सहकार्य र समन्वय गर्दै आत्म वास्तविकतालाई व्यवहारमा उर्ताने गर्छन्।
हुन त व्यक्तिले आफ्नो जीवनका बारेमा पृथक् धारणा बनाएको हुनसक्छ सोहीअनुसार उसले आफ्नो सोचाइ, जीवन जिउने शैली, मूल्यमान्यता र सिद्वान्तका आधारमा जिउने गर्दछ।
म्यानिक डिप्रेसन पनि भनिन्छ। यसले मानिसको मस्तिस्कमा असर गर्दछ। जसको कारणले मस्तिस्कको नर्भस सिस्टमलाई सन्तुलनमा राख्न सक्दैन। सरोटोमिन, डोपामिन र नोराड्रालाइनजस्ता हार्मोनको असन्तुलनले गर्दा बायोपोरल डिसअडरमा भएका मानिसमा खुसी बनाउने र आनन्द महसुस गर्ने अवस्थामा उतारचढाव ल्याउँछ। जसको कारणले उनीहरू थाकेको महसुस गर्ने, कम सुत्ने तर शारीरिक सम्पर्क गर्ने इच्छा भने सक्रिय हुने गरेको पाइन्छ।
साइकोसिस–साइकोसिस पनि मानसिक रोग हो। यो वंशानुगत पनि हुन सक्छ। यसअन्तर्गत सिजो˚ेनिया, बायोपोरल डिसअडर, डिप्रेसन, लागु औषधि र मनोरञ्जनात्मक रुपमा गरिने पेय र अन्य पद्वार्थको अत्यधिक प्रयोग या एक्कासि छोड्दा पनि साइकोसिस हुन सक्छ। यस्तो अवस्थाका मानिसको मस्तिस्कमा दबाबको मात्रा अत्यधिक हुन्छ।
डिप्रेसनलाई नै आत्महत्याको प्रमुख कारण मानिन्छ। सबै आत्महत्यामा एकैप्रकारले या एकैप्रकारको सोचाइ आउँछ भन्ने हुँदैन । प्रायः सबै आत्महत्या सुनियोजित तरीकाले गरेको पाइन्छ। कहिलेकाहीँ किशोरकिशोरी र वयस्कहरूले अकल्पनीय घटनाका कारण आवेगमा आएर विनायोजना आत्महत्या गरेको पनि पाइएको छ। कतिपय आत्महत्याको कारण पत्ता लाउन सकिएको छ भने कति रहस्यकै गर्भमा छन्।
त्योभन्दा पहिला २०७९ मा आत्म हत्या गरेर ११३६ जनाले आत्म हत्या गरेका थिए ।यो आत्म हत्या बढिरहेको भए तापनि प्रदेश सरकारले यस लाई नियन्त्रण गर्न कुनै खासै पहल गरेको पाइएको छैन ।