दाइजोमा सुनको सिक्री नपाएको निहुँमा बिबाह रद्द गर्ने दुल्हा प्रहरी द्वारा पक्राउ

  |

२९ फाल्गुन २०८०
उदेस पाण्डे
पर्सा !सुनको सिक्री दाइजो नदिएको निहुँमा विवाह रद्द गरेपछि मिडियामा व्यापक खबर तथा बेहुला पक्षको बिरोध भयो।
वीरगन्जबाट प्रहरीले बेहुला सहित ६ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२४ स्थित रानिघाटबाट दुलाहा सहित ६ जनालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी तथा सूचना अधिकारी कुमार विक्रम थापाले मधेशभ्युज डटकम लाई बताए ।कन्या निरीक्षणको बेला दुलही पक्षले सुनको
सिक्री नदिएको भन्दै निहुँमा बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश शाहले मण्डबाट नै विवाह रद्द गर्ने घोषणा गरेका थिए
। उनले पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।केटी अर्थात पीडित परिवारले बेहुला पक्ष विरुद्ध प्रहरीमा जाहेरी दिँदै छन् ।
पर्सा केहि दिन पहिला पनि बिहेमा माछा नखुआएको कारण बिबाहमा विवाद समेत भएको थियो उक्त घटना नबित्दै अर्को यो समस्या आएको छ।
तराईमा दाइजो प्रथा हटेको छैन ।