
०३,शनिबार २०८०
उदेस पाण्डे
पर्सा !गृह मन्त्रीको रूपमा माननीय रबि लामिछाने इतिहास रच्दै।
माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री २०८० फाल्गुन २३ गते पद बहाली गर्न साथ पीडितहरु लाई न्याय दिने कार्यमा लागे र विभिन्न मिति र समय देखि न्यायको पर्खाइमा बसेकाहरुको माग बमोजिम न्याय दिन तुरुन्तै आदेश सम्बन्धि निकाय लाई आदेश गरे।
रमि लामिछाने देशको २७ औ गृह मन्त्रीको रूपमा बहाल भएको बेला अहिले ठुलो माछा भटाभट पक्राउ हुन थालेका छन् नेपालमा २०५६ सालमा योग प्रसाद उपाध्याय देखि अहिलेसम्म जति जना गृह मन्त्री बने खासै रबि जस्तो काम गरेनन्।
कति जना गृहमन्त्री विभिन्न काण्डमा परेर जेलमा समेत परेको इतिहास छ।हाल्का नेपाली काग्रेसका शेर बहादुर देउवा २०४८ सालमा गृह मन्त्री बने खासै काम गरेनन् त्यस पश्चात २०५१ सालमा गृह मन्त्रीको रूपमा के पि ओलि आए अलिकति सुधार आए पछि फेरि सरकार परिवर्तन भयो।२०५३ सालमा गृहमन्त्री खुम बहादुर खड्का बने देशको लागी काम गर्नुको सट्टा नातावाद र कृपाबादमा लागे प्रहरी भित्र राअ लाई छिराए।देशमा खाशै नागरिकले सजिलो महसुस गरेनन् त्यस् पछि २०५४ गृहमन्त्री बामदेव गौतम बने प्रहरी समेत खुशी देखिएन सरुवा बढुवा र आइजी बनाउने खेलमा लागे र बद्नाम भए नागरिक तथा केहि प्रहरीकै अधिकृत सुन तस्करीको आरोप समेत गृहमन्त्री गौतम माथी लागयो
पछि २०५५ मा बुद्धि मान तमाग गृहमन्त्री भए २०५७ सालमा पुर्ण बहादुर खड्का गृहमन्त्री भए तर नागरिक खासै हर्सित थिएन ।
२०५६ सालमा रामचन्द्र पौडेल गृहमन्त्री बने तर खासै परिवर्तन देखिएन।२०५९ मा गृहमन्त्री धर्म बहादुर थापा बने त्यस् पछि २०६१ सालमा गृहमन्त्री दान बहादुर शाही थिए जो नागरिकको आन्दोलन दबाउन प्रहरी लाई आदेश गर्थे ।
देशमा परिवर्तन सगै २०६३ सालमा नयाँ गृहमन्त्री कृष्ण प्रसाद सिटौला पनि एक असल गृहमन्त्रीको रूपमा गर्नु पर्ने काम गरेनन् ।
२०६६ सालमा गृहमन्त्री भिम रावल बने अलि काम गर्न खोजे तर सकेनन् त्यस् पछि २०६८ मा नारायण काजी श्रेष्ठ बने गृहमन्त्री त्यतिबेला पनि प्रहरीको सरुवा समय वा प्रहरी भित्र कुनै नयाँ योजना बनेन २०६८ सालमा गृहमन्त्रीको रूपमा बिजय कुमार गच्छदार आए प्रहरी झन् कम्जोर बन्यो र गच्छदारको कार्यकालमा प्रहरी निरीक्षक सरुवा समेत बिबादास्पद बनेको थियो ।
२०६९ मा गृहमन्त्री बने माध्व प्रसाद घिमिरे पनि अन्य गृहमन्त्री जस्तै माला र नाम लिखाए।२०७२ मा नयाँ गृहमन्त्रीको रूपमा शक्ति बहादुर बस्ने आए प्रहरी तथा जिल्ला प्रशासन कार्यालयहरुमा खासै सुधार आएन ।
२०७३ सालमा काग्रेस सरकारमा गृहमन्त्रीको रूपमा बिमलेन्द्र निधि थिए आइजिपी निउती बिबाद देखी जिल्लाहरुमा एसपी पठाउन समेत चलखेल भयो र प्रहरी लाई काम गर्न औसर पाएन ।राम्रो प्रोफेसनल प्रहरी अधिकृतको मुल्यांकन हुन सकेन २०७४ मा गृहमन्त्री जनार्दन शर्मा हुँदा पनि प्रहरी नरमल हिसाब् बाट चलयो।
२०७४ सालमा ओलि प्रधानमन्त्री हुँदा राम बहादुर थापा गृहमन्त्री भए २०७८ सालमा गृहमन्त्री बाल कृष्ण खाण बने पछि जेल समेत परे।२०७९ सालमा गृहमन्त्री रबि बने राम्रो काम गरिरहेका बेला नागरिकता विवादपछि हटे पछि २०७९ नारायण काजी श्रेष्ठ लाई गृहमन्त्री भए पछि आफ्नै पार्टीको मान्छेहरु सुन तस्करीमा लागेको पुनको छोरा तथा अन्य सुन तस्कर माथि लगाम लाउन सकेनन् अहिले गृहमन्त्रीको रूपमा रबि आउन साथ नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति महसुस गरिरहेका छन् ।अहिलेसम्मकै सबैभन्दा राम्रो गृहमन्त्री मुलुकले पाएको छ।