१५,मंगलवार,२०८१
उदेस पाण्डे
पर्सा! इलाका प्रहरी कार्यालय पोखरीया अहिले कानुन बमोजिम होईन कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालको तजबिजमा चलिरहेको एउटा् घटनाले देखाएको छ।
इलाका प्रहरी कार्यालय पोखरीयामा गृहको निर्देशन बिपरित घुमुवा परिचालन गरिएको खबर यस् मधेसभ्युज लाई प्राप्त भएको छ।प्र स ह:सुरेन्द्र शर्मा तथा प्र ज:जय कुमार मडल ईलाका प्रहरी कार्यालय पोखरीयाको सदा पोसाकमा रहेको बुझिएको छ।प्रहरी निरीक्षक:राजन ढकाल इलाका प्रहरी कार्यालय पोखरियामा आउन साथ घुमुवा परिचालन गरेका छन् ।ईलाका प्रहरी कार्यालय मातहत १८ वटा प्रहरी युनिट छ। सबै युनिटहरु सिमाना सग जोडिएको छ।उक्त एरियामा मदिरा भठी,भैंसी तस्करी,गहुँ धानको ओसारपसार,तथा अन्य अपराध सग सम्बन्धित कार्य रोक्न तदारुकता नदेखाएको प्रष्ट बुझ्न् सकिन्छ ।
इलाका प्रहरी कार्यालय पोखरीयामा सेवाग्राहीलाई समयमा सुनुवाइ तथा कानुन बमोजिम पाउनुपर्ने सेवा नपाएको नागरिकहरु बताउँछन् ।
इलाका प्रहरी कार्यालय पोखरियाले एक जना माथि कानुन बिपरित अभद्र मुद्दा चलाएको छ।
प्रहरी चौकी अमरपट्टीले १३ बोरा हडि तथा २ जना मानिस सहित एक ट्रक ईलाका प्रहरी कार्यालयमा बुझाएको तर प्रहरी निरीक्षक राजन ढकालले ट्रक तथा नेपाली एक जना लाई छोडेर भारतीय नागरिक माथि अभ्द्र मुद्दा चलाएको घटना अहिले व्यापक चर्चामा छ।
तस्करीमा पक्राउ परेको एक जना लाई छोडेर अर्को माथि नगरेको गल्तीमा मुद्दा दायर गरेको खबरले प्रहरी निरीक्षक राजन ढकालको कार्य शैलीमा त्रुटि रहेको प्रष्ट पारेको छ।
ईलाका प्रहरी कार्यालय मातहत ग्रामीण भेगमा रातीको समयमा प्रहरी गस्तीमा समेत देखिदैन घटना घटेको बेला प्रहरी कार्यालयमा फोन गर्दा ब्यस्त बनाइदिने तथा कुनै प्रश्न कार्यालय प्रमुख राजन ढकाल सग सोध्दा जवाफ् नदिकन फोन काट्ने तथा गुनासो राख्दा।पत्रकार समेतको फोन काटेर सहि सूचना दिन आल्टाल गर्दै छन् ।प्रहरी निरीक्षक राजन ढकाल
प्रहरी निरीक्षक राजन ढकाल इलाका प्रहरी कार्यालय पोखरीयाले गरेका गैह्र जिम्मेवारी कार्यको बारेमा जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी लाई जानकारी गराउदा प्रष्ट जवाफ् आएन पुनः हामीले यस बारेमा प्रदेश प्रहरी प्रहरी कार्यालयको सूचना अधिकारी लाई जानकारी गराउदा समेत अहिलेसम्म कुनै प्रतिक्रिया यस मधेसभ्युज लाई प्राप्त नभएको
इलाका प्रहरी कार्यालय पोखरीयाको प्रहरी निरीक्षकको बारेमा नाम नबताउने शर्तमा एम जना सिनियर प्रहरी अधिकृत भन्छन् राजन अलि फुर्ति देखाउछ,आइजीपि साहेबको गाउँले हु भनेर धाक देखाउछ।कमान्ड कन्ट्रोलमा एकदम कम्जोर छन् ।पावरको बलमा आएको कमान्डर हो।
हिजो सशस्त्र प्रहरी बल बोडर आउट पोस्ट लहावरथकरीले लगडी बाट तस्करीको समान समात्दा पनि इलाका प्रहरी कार्यालय पोखरीया खुब आलोचित भएको थियो नागरिकले खुलेर भने नेपाल प्रहरीले छोडेर याहा सम्म लाएको तस्करीको समान सशस्त्र प्रहरी बल बरामद गरि लगेको थियो
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy