सत्ताको बेला शक्ति लाई दुरुप्योग गर्ने: पूर्व गृमन्त्रीको छोरा पक्राउ

पर्सा। नेपाल प्रहरीको केही महिना देखि निरंतर प्रयास पछि प्रतीक थापा पक्राउ परेको खबर मधेशभ्युज लाई प्राप्त भएको छ। पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा २०८० वैशाखमै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनी फरार रहँदै आएका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोग उनीमाथि छ । उनले सो क्रममा गिरोहमार्फत रकम बुझेको समेत आरोपीहरूले बयानका क्रममा खुलाएका छन् ।

फरार रहँदै आएका उनी शुक्रबार भने राजधानीको बौद्धबाट पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
बुवा गृह मन्त्री हुँदा प्रतीक खुब चर्चामा थिए।प्रहरीको सरुवा बढुवाको बारेमा केही दलाल प्रवृत्तिको मान्छे सग उठ्बस गरेर आर्थिक लाभ समेत लिएको चर्चा भएको थियो ।