कमान्ड कन्ट्रोलमा अब्बल एसपी रौतहट: सहवाज मियाँ मृत्युको चौबीस घण्टा नबित्दै अपराधी पक्राउ

२९, शनिबार,२०८१
उदेस पाण्डे
मानिकपुर पर्सा। जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी प्रमुख (एसपी) दिलिप घिमिरे जिल्लाको शान्ति सुरक्षा अमन चयन पुर्ण रूपमा कायम राख्नुको साथसाथै जिल्लामा खुला सिमानाको गलत फाइदा उठाउने, तस्करी गर्ने, आपराधिक क्रियाकलपमा गर्ने कार्य रोक्न सफल भएका छन्। जिल्ला प्रहरी कार्यालय मातहतका मुद्दाफाट, उजुरी छानबिन शाखा, महिला सेल, द्वारा प्रदान् गरिने सेवाहरु निरंतर रूपमा सेवाग्राहीहरु लाई बिना भनसुन कानुन बमोजिम पाउनुपर्ने सेवा पाइरहेका छन् जिल्ला प्रहरी कार्यालय रौतटले विचौलियहरुलाई जिल्ला प्रहरी कार्यालयमा प्रवेश निषेध गरेको छ।
प्राय काम बोल्ने लो प्रोफाइलमा बस्न रुचाउने एसपी दिलिप घिमिरेको कडाईको कारण विभिन्न घट्नाका फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन्।
मधेस भ्युजले गोप्य रुपमा सेवाग्राही तथा समाजका केही अगुवाहरूसँग रौतहटको गौरमा प्रहरीबारे संवाद गर्दा प्रहरीले गरेका कार्यको नागरिक समाजसेवी सेवाग्राहीहरू खुलेर प्रशंसा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटकाे सूचना अधिकारी डिएसपी एलिजा गिरीको अनुसार रौतहटमा मिति २०८१/०३/२५ गते इसनाथ नगरपालिकाको शहनवाज हत्या छुरा प्रहार गरि कर्तव्य गरि मारेको फरार २ जन मानिस पक्राउ एवम् प्रहरीले मिति २०८१/०१/०१ देखि २०८१/०३/२६ गतेसम्म प्रहरीले तस्करीको समान बरामद राजस्व संकलन १२५७१२६५ यति त्यसैगरी वैशाख देखि असार २६ सम्म ट्राफिक कारवाही र राजस्व संकलन ५२६४५००त्यस्तै २०८१/०१ देखि २०८१/०३/२६ सम्म फरार प्रतिवादी पक्राउ वैशाखमा २१ जना जरिवाना १४७११८ कैद ५ वर्ष ३ महिना जेष्ठ ४४ जना जरिवाना ८३३७३२ कैद ४ वर्ष ६ महिना असार ७२ जना १०२७५५८ कैद १२ वर्ष ७ महिना तथा हातहतियार तर्फ २ थान कटुवा पेस्तोल २ राउण्ड गोलि र २ थान धारिलो हतियार
कुनै घट्ना घटेको सूचना प्राप्त हुन साथ घटनास्थलमा रौतहटको प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षक घटनास्थलमा स्वयम् पुगनेगरेको कारण जुनियर प्रहरी अधिकृत तथा प्रहरीहरूको उच्च मनोबल हुनेगरेको एक जना जुनियर प्रहरी अधिकृतले बताए।