रबि पक्राउ प्रकरण: आइजी माथि नैतिकताको प्रश्न

  |

०३, कार्तिक २०८१
उदेस पाण्डे
पर्सा! पुर्ब उप प्रधान तथा गृह मन्त्री रबि लामिछाने लाई हिजो शुक्रबार सहकारी ठगि प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरे सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका (सभापति) रबि लामिछाने लाई केन्द्रीय अनुसन्धा ब्युरो (सिआइबी)को प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा खटेको टोलीले पक्राउ गरी कास्की जिल्ला प्रहरी लाई बुझाएको छ।
रबि लामिछाने पक्राउ परे सँगै प्रहरी महानिरीक्षक तनावमा परेका छन् नेपाल प्रहरी नेपाली नागरिकको प्रहरी हो यसको मुख्य काम शान्ति, सुरक्षा अमनचयन कायम राखनु हो।तर हाम्रो प्रहरी प्रमुख (आइजिपी) बसंत बहादुर कुँवर सत्ताको स्वार्थ अनुसार प्रहरीको अनुसन्धान गरिरहेको खुल्न आएको छ। यस घट्नाले गर्दा प्रहरी प्रमुख माथि नैतिक प्रश्न उठेको छ।
सदनमा बारम्बार सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप रबि लामिछाने माथि उठीरहँदा प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा रबि लामिछानेको बचाउ गरेका थिए। त्यस बखत प्रहरी महानिरीक्षक बसंत बहादुर कुँवर समितिमा खुलेर बोलेका भिडियो समेतले प्रस्ट पार्छ। आइजीको जवाफ थियो रबि लामिछानेको संलग्नता सहकारी ठगीमा छैन्।
तर सत्ता परिवर्तन सँगै त्यही प्रहरी पुनः अनुसन्धान गर्दा पुर्ब उप प्रधान तथा गृह मन्त्री रबि लामिछनेलाई प्रहरीले पक्राउ गर्यो। अब यसले प्रहरी अनुसन्धान तथा आइजीको जिम्मेवारी राज्य व्यवस्था समितिमा प्रहरी प्रमुख आइजिले बोलेको कुराले गर्दा अहिले प्रहरी महानिरीक्षक स्वयं धर्म संकटमा परेका छन्
अनुसन्धान गर्ने संस्था नेपाल प्रहरी अनुसन्धनबाट पछि हट्दा राज्य व्यवस्था समितिको सहकारी ठगीमा अनुसन्धान गरी रबि लामिछनेलाई दोषी बनाएका थिए
नेपाल प्रहरी जस्तो पबित्र संगठनका प्रमुख (आइजी) जस्तो व्यक्ति सत्ता परिवर्तन सँगै बोली परिवर्तन गरेको पाइएको छ। यसले गर्दा प्रहरीको विश्वसनीयता माथि प्रश्न उठेको छ। प्रहरी (white colour crime) मा संलग्न उच्च पदस्त व्यतीहरुको मुद्दामा प्रहरीले फितलो अनुसन्धान गरिरहेको प्रस्ट रूपमा छताछुल्ल छ।
वर्तमा प्रहरी महानिरीक्षक (आइजिपी)बसंत बहादुर कुँवर समितिमा बोल्दा रबि निर्दोष थिए अहिले रबि कसरी दोषी भएका हुन्। कास्की जिल्ला प्रहरीका तत्कालीन प्रमुख (एसपी) मोहन थापा तथा अहिलेका प्रहरी महानिरीक्षक बसंत बहादुर कुँवर सत्ताको स्वार्थ अनुसार प्रहरीले अनुसन्धन गरेर सांसद समेत लाई भ्रमित गर्ने लाई छानबिन गर्ने बेला भएको एक जना सांसद नाम गोप्य राखिदिने शर्तमा भनेका छन्।