सांसद लाई ढाँट्ने: आइजिपी माथि नैतिकताको प्रश्न

  |

०४, आईतबार २०८१ कार्तिक
उदेस पाण्डे
पर्सा! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पुर्ब उप प्रधान तथा गृह मन्त्री रबि लामिछाने पक्राऊ परे सँगै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) बसंत बहादुर कुँवर तनावमा परेका छन्
दुई पटक गृह मन्त्री बनेका (रास्वप) का सभापति अहिले सहकारीको पैसा अपचलन गरेको प्रमाण प्रहरी संग फेला पारेको कारण अनुसन्धान गर्नको लागि नियन्त्रणमा लिएर आज अदालतमा पेश गर्दै छ। पुर्ब उप प्रधान तथा गृह मन्त्री रबि लामिछाने माथि सहकारी संस्थाको रकम दुरुयोगबारे अनुसन्धान प्रहरीले गरेको थियो।
पटक पटक बिबाद आउँदा समेत सत्ताको अगाडि प्रहरी प्रमुख निरीह बनेका थिए। रबि लामिछानेको बचाउमा प्रहरी महानिरीक्ष राज्य व्यवस्था तथा सुशासन समितिमा आइजीले गैह्र जिम्मेवार जस्तो बोलेका थिए रबि लामिछाने निर्दोष छन् कहीं कतै कुनै संलग्नता छैन् सहकारी प्रकरणमा तर अहिले तर अहिले आएर त्यही प्रकरणमा रबि लामिछाने प्रहरी नियन्तरणमा छन्
प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७३ मा व्यस्थ भए बमोजिम राज्य व्यवस्था तथा सुशासन समितिको कार्यक्षेत्र अन्तर्गत रहेका गृह मन्त्रालय प्रहरी प्रमुख संग जवाफ माग्छ माग्दैन यो विषय अहिले सदन देखि आम नागरिकले समेत इन्ट्रेस्ट राखेका छन्
प्रहरीले दोषी निर्दोषी छुट्याउन नसक्दा राज्य व्यवस्था समितिमा ले सहकारी ठगि प्रकरण टुंग्याएको थियो। अहिले आइजिपी माथि नैतिक प्रश्न उठेको छ। प्रहरी अनुसन्धन सत्ता मा हुँदा संलग्नता नरहेको सत्ता बाहिर हुँदा संलग्नता देखिएको यस प्रकारको अनुसन्धानले प्रहरी माथि नागरिकको विश्वास कसरी रहन्छ। सत्ता परिवर्तन सँगै अनुसन्धानको परिणाम फरक फरक हुनथालेको कारण अहिले प्रहरी महानिरीक्षक बसंत बहादुर कुँवर तनावमा परेका छन्
नाम गोप्य राख्ने शर्तमा एक जना नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वर्तमान सांसदले भन्नु भयो राज्य व्यवस्था समितिमा आएर प्रहरी महानिरीक्षक पुर्ब गृह मन्त्री रबि लामिछानेको वकालत गर्नु भएको थियो हामी माननीय लाई समेत ढाँट्नु भयो वहां लाई समेत कार्वाही गर्नु पर्छ। आइजी सांसद लाई यस्तो तरिकाले आएर झुठो कुरा गरे भने अन्य लाई के के भने होला
यो विषयमा माधेशभयुज डटकम ले केही पुर्ब प्रहरी अधिकृतको फेसबुक पेज तथा सामाजिक संजाल हेर्दा आइजीको बारेमा थियो नैतिकताको प्रश्न थियो।